आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि धितोपत्र बोर्डले माग्यो सुझाव
जलसरोकार
काठमाडौँ : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम तयार गर्न सरोकारवाला तथा सर्वसाधारणसँग सुझाव माग गरेको छ।
बोर्डको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागले बुधबार सूचना जारी गर्दै पूँजी बजारको व्यवस्थित विकास, विस्तार र प्रभावकारी सुधारका लागि रचनात्मक तथा कार्यान्वयनयोग्य सुझाव पठाउन आग्रह गरेको हो।
सेबोनले प्रत्येक वर्ष धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गरी सार्वजनिक गर्दै आएको छ। सोही अभ्यासलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षका लागि पनि नीति निर्माण प्रक्रिया अघि बढाइएको बोर्डले जनाएको छ।
सूचनामा सरोकारवाला निकाय, लगानीकर्ता तथा आम नागरिकलाई बजार सुधारका विभिन्न पक्षमा सुझाव दिन आह्वान गरिएको छ। इच्छुक व्यक्ति वा संस्थाले आगामी २०८३ जेठ १५ गतेभित्र बोर्डको आधिकारिक इमेल ठेगाना [email protected] मा आफ्ना राय तथा सुझाव पठाउन सक्नेछन्।
बोर्डका अनुसार प्राप्त सुझावहरूको अध्ययन गरी आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गरिनेछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य