सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
जलसरोकार
काठमाडौं : आइतबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य सामान्य बढेको छ। यस दिन सुन प्रतितोला २०० रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले महँगिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ९७५ रुपैयाँ पुगेको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो।
बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य उतारचढाव र माग–आपूर्तिको अवस्थाले घरेलु बजारमा पनि मूल्यमा उतारचढाव देखिएको हो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चार महिनामा २० अर्ब ४७ करोड रुपैयाँको विद्युत् निर्यात, कात्तिकमा ४ अर्बभन्दा बढीको कारोबार
-
सुन तोलामा २ हजार महँगिदा चाँदी कति ?
-
चमेराको बास जोगाउन तनहुँ जलविद्युत् आयोजनाले बनाउँदै तीन वैकल्पिक आवास
-
हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
-
बिजुली अभाव टार्न प्राधिकरणले आयातको टेण्डर निकाल्यो, यता मन्त्री भने खपत बढाउन निर्देशन दिँदै
-
पुरानो बानेश्वर र आसपासका क्षेत्रमा चार दिन विद्युत् कटौती हुने