सुनचाँदीको मूल्यमा सामान्य वृद्धि,आज कतिमा हुँदैछ बजारमा कारोबार ?
जलसरोकार
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला ५ हजार ७४५ रुपैयाँ कायम भएको छ ।
यसअघि बुधबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ तथा चाँदी ५ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ९०० रुपैयाँ र चाँदी ५ हजार ६९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
अन्तरराष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उच्च विन्दुमा रहेको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज विश्व बजारमा सुन प्रतिऔँस ४ हजार ७०० अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य