बढ्यो अण्डाको मूल्य
जलसरोकार
काठमाडौं: बजारमा अण्डाको मूल्य बढेको छ । अण्डाको खपत बढेसँगै मूल्य बढेको हो । आजबाट लागु हुने गरी अण्डाको मूल्य बढाइएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए ।
’हिजो हामी अण्डा उत्पादकहरू बैठक बसेका थियौं,’ उनले भने, ’बैठकले आजबाट मूल्य बढाउने निर्णय गरेको हो ।’
बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन् ।
उनका अनुसार न्यूनतम प्रतिक्रेट १५ रूपैयाँदेखि अधिकतम ३० रूपैयाँका दरले अण्डाको मूल्य बढाइएको छ
मूल्य बढेसँगै अब ठूलो अण्डा चार सय, मध्यम तीन सय ८५ र एक्स–एल अण्डा चार सय १५ रूपैयाँ पर्ने भएको छ ।
यसअघि अण्डाको मूल्य प्रतिक्रेट तीन सय ७०, मध्यम तीन सय ५५ र एक्स–एल अण्डा तीन सय ८५ रूपैयाँ थियो।
यो किसानले पाउने मूल्य हो ।
किसानले पाउने मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि थोरै बढ्ने छ ।
हाल उपभोक्ता मूल्य प्रतिक्रेट २० देखि ३० रूपैयाँका दरले बढेको छ ।
हाल उपभोक्तालाई प्रतिक्रेट अण्डाको मूल्य ठूलो चार सय ७०, मध्यम चार सय ५० र एक्स–एल ४ सय ९० रूपैयाँ पर्नेछ ।
यसअघि उपभोक्ताले प्रतिक्रेट अण्डा ठूलो ४ सय ४०, मध्यम ४ सय २० र एक्स–एल ४ सय ६० रूपैयाँ थियो ।
हाल उपभोक्तालाई अण्डा प्रतिगोटा भने २० रूपैयाँ पर्ने छ । यसअघि पनि प्रतिगोटा अण्डा भने २० रूपैयाँमै बिक्री भएको थियो ।
मूल्य थोरै घटबढ हुँदा प्रतिगोटा अण्डाको मूल्य भने घटबढ हुँदैन ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य