बढ्यो अण्डाको मूल्य


काठमाडौं: बजारमा अण्डाको मूल्य बढेको छ । अण्डाको खपत बढेसँगै मूल्य बढेको हो । आजबाट लागु हुने गरी अण्डाको मूल्य बढाइएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए ।
’हिजो हामी अण्डा उत्पादकहरू बैठक बसेका थियौं,’ उनले भने, ’बैठकले आजबाट मूल्य बढाउने निर्णय गरेको हो ।’
बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन् ।
उनका अनुसार न्यूनतम प्रतिक्रेट १५ रूपैयाँदेखि अधिकतम ३० रूपैयाँका दरले अण्डाको मूल्य बढाइएको छ
मूल्य बढेसँगै अब ठूलो अण्डा चार सय, मध्यम तीन सय ८५ र एक्स–एल अण्डा चार सय १५ रूपैयाँ पर्ने भएको छ ।
यसअघि अण्डाको मूल्य प्रतिक्रेट तीन सय ७०, मध्यम तीन सय ५५ र एक्स–एल अण्डा तीन सय ८५ रूपैयाँ थियो।
यो किसानले पाउने मूल्य हो ।
किसानले पाउने मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि थोरै बढ्ने छ ।
हाल उपभोक्ता मूल्य प्रतिक्रेट २० देखि ३० रूपैयाँका दरले बढेको छ ।
हाल उपभोक्तालाई प्रतिक्रेट अण्डाको मूल्य ठूलो चार सय ७०, मध्यम चार सय ५० र एक्स–एल ४ सय ९० रूपैयाँ पर्नेछ ।
यसअघि उपभोक्ताले प्रतिक्रेट अण्डा ठूलो ४ सय ४०, मध्यम ४ सय २० र एक्स–एल ४ सय ६० रूपैयाँ थियो ।
हाल उपभोक्तालाई अण्डा प्रतिगोटा भने २० रूपैयाँ पर्ने छ । यसअघि पनि प्रतिगोटा अण्डा भने २० रूपैयाँमै बिक्री भएको थियो ।
मूल्य थोरै घटबढ हुँदा प्रतिगोटा अण्डाको मूल्य भने घटबढ हुँदैन ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन