सेयर बजारमा ४६ अङ्कको गिरावट


काठमाडौँ: यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट भएको छ । आज नेप्से परिसूचक ४६ दशमलव ३३ अङ्कले घटेर दुई हजार सात सय ७२ दशमलव १० को विन्दुमा झरेको हो ।
आज तीन सय १५ कम्पनीको दुई करोड २७ लाख २६ हजार दुई सय ८३ कित्ता शेयर एक लाख १२ हजार तीन सय ४७ पटक खरिद बिक्री हुँदा रू १० अर्ब नौ करोड ३६ लाख ५४ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक रातो देखिएको छ । बैंकिङ एक दशमलव ३६, विकास बैंक एक दशमलव ७१, वित्त एक दशमलव ८७, होटल तथा पर्यटन शून्य दशमलव ८३, जलविद्युत् एक दशमलव ६६ र लगानी दुई दशमलव ४९ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बीमा एक दशमलव ७४, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९१, लघुवित्त एक दशमलव ५८, म्युचुअल फन्ड एक दशमलव ०४, निर्जीवन बिमा एक दशमलव २६, व्यापार शून्य दशमलव ८१ र अन्य समूह दुई दशमलव ६९ प्रतिशतले घटेको छ ।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र आइसीएफसी फाइनान्स लिमिडेड डिभेञ्चरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू एक अर्ब १२ करोड ४८ लाख ४९ हजार नौ सय ६४ बराबरको १० लाख ६२ हजार दुई सय ४६ कित्ता शेयर किनबेच भएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक