हाइड्रोविज्ञ ज्ञानेन्द्रलाल प्रधानमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा दायर
जलसरोकार
काठमाडौं,: सेयर बजारमा भित्री कारोबार गरेको आरोपमा हाइड्रोविज्ञ ज्ञानेन्द्रलाल प्रधानमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सरकारी वकिलको कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा २६ करोड रुपैयाँ माग दाबीसहित मुद्दा दायर गरेको हो ।
सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले शुक्रबार प्रधानमाथि २६ करोड रुपैयाँ माग दाबी गर्दै सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरेको बताए ।
प्रधान नेपाल हाइड्रो डेभलपर्समा अध्यक्ष हुँदा भित्री सूचना पाएर कानून विपरित सेयर कारोबार गरेर लाभ लिएको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको जनाइएको छ । उनले गैह्रकानूनी रुपमा २६ करोड कमाएको सरकारी वकिलको कार्यालयको ठहर छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स