सेयर बजारको ओरालो यात्रामा ब्रेक, व्यापार समूहको सेयर मूल्यमा उछाल
जलसरोकार
काठमाडौं– बजेटपछि निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक आइतबारको कारोबारमा भने बढेको छ । आज सेयर बजार १३ अंकले बढेको हो । जेठ १५ गते संसदमा बजेट प्रस्तुत भएपछि आरालो लागेको बजार आजको कारोबारमा भने १३.५१ अंकले सकारात्मक रह्यो । बजेटपछि भएका दुई दिनको कारोबारमा ४४ अंक घटेको बजार आज भने लयमा फर्किएको हो ।
साताको पहिलो कारोबारको दिन आइतबारको कारोबार समयपछि सेयर बजार मापक २०८३.०४ विन्दुमा उक्लिएको छ ।
आजको कारोबारमा १७४ कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ कम्पनीको सेयर मूल्य घटेको छ । मल्टिप्रपोज फाइनान्स कम्पनी लिमिटेड तथा मकर जितुमाया सुरी जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।
बजार सकारात्मक रहँदा ४ अर्ब ३१ करोड १० लाख १५ हजार ६२९ रुपैयाँ बराबरको ९६ लाख ९७ हजार २०६ कित्ता सेयर ६५ हजार ६५४ पटकमा खरिद बिक्री भएको छ । समूहगत उप सूचकतर्फ इन्भेष्टमेन्ट, म्यानिफ्याक्चरिङ एण्ड प्रोसेसिङ र म्युचअल फण्ड समूह घट्दा बाँकी समूहको सेयर मूल्य घटेको छ ।
आजको कारोबारमा व्यापार समूह उच्च अंकले वृद्धि भएको छ । व्यापार समूह ६.५६ प्रतिशतले बढेको छ, बैकिङ समूह १.११ प्रतिशत, फाइनान्स समूह २.१७ प्रतिशत, जलविद्युत् समूह १.२६ प्रतिशतले उकालो लाग्यो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना