बाढी–पहिरोले क्षति तुल्याएका विद्युत् वितरण प्रणाली ९८ प्रतिशत पुनःस्थापित
जलसरोकार
काठमाडौं : अबिरल वर्षा, बाढी, पहिरो र डुबानले क्षतिग्रस्त भई अवरुद्ध भएको विद्युत् वितरणतर्फ ९८ प्रतिशत पुनःस्थापना भई चालू भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालका अनुसार आगामी एक साताभित्र बाँकी क्षतिग्रस्त विद्युत् वितरण पुनःस्थापना हुनेछ ।
गत शुक्रबार र शनिबार अबिरल वर्षा र बाढी तथा पहिरोले देशलाई आक्रान्त पार्दा प्राधिकरणको ७० प्रतिशत वितरण प्रणाली दुरुस्त रहेको सिलवालले बताए ।
अवरुद्ध भएको विद्युत् वितरणमा सबैभन्दा जटिल काभ्रेको बेथान, रोशी र भुम्लु छन् । त्यसैगरी दक्षिण ललितपुरको लेलेदेखि फुलचोकी, धादिङको छिटफुट बाँकी रहेको पनि सिलवालले बताए ।
बाढी–पहिरोले विद्युत् क्षेत्रमा २.५ अर्ब रुपैयाँको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । देशकै सबैभन्दा ठूलो माथिल्लो तामाकोसी (४५६ मेगावाट) सहि कुल ६२५.९६ मेगावाटका ११ वटा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरुमा क्षति भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स