बाढीबाट अवरुद्ध ९० मेगावाट जलविद्युत् आयोजना पुनः सञ्चालनमा : मन्त्री खड्का


काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध भएका करिब ९० मेगावाट बराबरका जलविद्युत् आयोजना पुनः सञ्चालनमा आउन थालेको बताएका छन् ।
राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै मन्त्री खड्काले चिलिमे, देवीघाट, त्रिशूली, सूर्यकुण्ड, बुद्धभूमि, अपर मौलुङलगायतका आयोजना पुनः सञ्चालनमा ल्याइएको जानकारी दिए ।
उनले ६० मेगावाट क्षमताको त्रिशूली ‘ए’ जलविद्युत् आयोजना पनि केही दिनभित्र सञ्चालनमा आउने जानकारी गराए । “बढी क्षमताका आयोजना चाँडै सञ्चालनमा ल्याउने तयारी सुरु भइसकेको छ,” मन्त्री खड्काले भने ।
रसुवागढी आयोजना सबैभन्दा बढी क्षतिग्रस्त
मन्त्री खड्काका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना बाढीबाट सबैभन्दा बढी क्षतिग्रस्त भएको हो । “उक्त आयोजनाको हेडवर्कसमा पूर्णरूपले क्षति पुगेको छ,“ उनले बताए, “तर यसको मर्मत तथा पुनः सञ्चालनको काम सुरु भइसकेको छ ।”
यसअघि मन्त्री खड्काले संसदलाई रसुवा बाढीले त्रिशूली नदी करिडोरका विद्युत् आयोजना र प्रसारण संरचनामा गम्भीर क्षति पु¥याएको जानकारी गराउँदै त्यसका कारण करिब २६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको बताएका थिए ।
जोखिम अझै यथावत, सतर्क रहन आग्रह
मन्त्री खड्काले बाढीको बहाव केही कम भए पनि जोखिम यथावत् रहेकाले सतर्कता अपनाउन आग्रह गरे। विस्तृत अध्ययन र मूल्याङ्कन कार्य अघि बढाइएको जनाउँदै उनले पूर्वसूचना प्रणालीलाई प्रविधिमैत्री, सक्रिय र प्रभावकारी बनाइने बताएका छन्।
“हिमतालको जोखिम मूल्याङ्कन र अनुगमनलाई संस्थागत गर्न आवश्यक छ,” मन्त्री खड्काले भने, “सावधानीका सबै उपाय अवलम्बन गरिरहेका छौं।”
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन
-
एकीकृत बस्ती कार्यक्रम सामाजिक र आर्थिक समन्वय अभावले असफल : मन्त्री घिसिङ
-
जेन जी समूहको कम्पनीलाई भोटेकोशीको १० प्रतिशत शेयर दिने सम्झौता विवादमा
-
सेयर बजारमा सुधार, नेप्से ४४ अंकले उकालो
-
मन्त्री घिसिङलाई दक्षिण कोरियाकाे बधाई