ब्राजिलमा बाढीका कारण ७८ जनाको मृत्यु, १ लाख १५ हजार विस्थापित
जलसरोकार
काठमाडौं – ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा लगातारको भीषण वर्षाबाट आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ७८ पुगेको छ । कम्तीमा ७२ जना बेपत्ता भएका छन् । लगातारको वर्षाका कारण त्यहाँका करिब ५ सय सहर डुबानमा परेका छन् र १ लाख १५ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । निरन्तरको वर्षाले विपत्ति निम्त्याएपछि राज्य सरकारले आपत्काल घोषणा गरेको छ ।
वर्षाले उक्त राज्यको जलविद्युत् गृहमा क्षति पुर्याएपछि करिब तीन लाख मानिस अन्धकारमा बस्न बाध्य भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त जलविद्युत् केन्द्रको बाँध भत्किँदा नदीको पानी सहरभित्र पसेको बताइएको छ । त्यस्तै सोही क्षेत्रमा रहेका अन्य विद्युत् गृहका बाँध पनि भत्किन सक्ने भन्दै सचेत हुन आग्रह गरिएको छ । त्यहाँको मौसम विभागले उक्त क्षेत्रमा अझै वर्षाको सम्भावना रहेको भन्दै नागरिकलाई सचेत हुन आग्रह गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो
-
विद्युत् व्यापार निजी क्षेत्रलाई खुला गर्दै सरकार, दुई महिनाभित्र कानुनी बाटो तयार हुने
-
चिलिमेमा थप एक शव फेला, मृतकको संख्या चार पुग्यो
-
चिलिमे पावरहाउस पहिलो बाढीमै पूर्णरूपमा ध्वस्त, तीन शव भेटिएको उद्धार टोलीको जानकारी