ग्लोबल आईएमई बैंकको वार्षिकोत्सवको अवसरमा ७५७ जनाले गरे रक्तदान
जलसरोकार
काठमाडौं,: ग्लोबल आईएमई बैंक लिमिटेडको १८औं वार्षिकोत्सवको अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रममा ७५७ जनाले रक्तदान गरेका छन् ।
ग्लोबल आईएमई बैंक १८ पुसदेखि १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले सातै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमका साथै निःशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण कार्यक्रम सञ्चालन गरेको थियो ।
कोशी प्रदेशको तीनपैनी शाखा, मधेश प्रदेशको जनकपुर शाखा, बाग्मती प्रदेशको कान्तिपथ शाखा र नारायणगढ शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशको मिलनचोक बुटवल शाखा र नेपालगञ्ज शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।
कार्यक्रममा ७५७ रक्तदाताहरूले रक्तदान गरेका छन् । यसैगरी, ११९ जनाको आँखा जाँच गरिनुका साथै २०० जनाको रक्तचाप तथा मधुमेहको परीक्षण गरी आवश्यक परामर्श प्रदान गरिएको बैंकले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा