निर्माणाधीन प्रसारणलाइन र सबस्टेशनका लागि ७० अर्ब विनियोजन
जलसरोकार
काठमाडौं : सरकारले निर्माणाधीन प्रसारणलाइन तथा सबस्टेशनहरूको निर्माणका लागि रु ७० अर्ब बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै विद्युत प्रसारण पूर्वाधार विस्तारका लागि ठूलो बजेट व्यवस्था गरिएको जानकारी दिए।
उनका अनुसार देशभर निर्माणाधीन प्रसारणलाइन र सबस्टेशनहरूको कामलाई तीव्रता दिँदै निर्धारित समयमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
सरकारले आगामी वर्षभित्र हेटौडा–ढल्केवर प्रसारणलाइन निर्माण सम्पन्न गर्ने योजना अघि सारेको छ। यस परियोजनालाई राष्ट्रिय प्रसारण सञ्जाल सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको छ।
त्यसैगरी अन्तरदेशीय प्रसारणलाइन निर्माणलाई पनि सरकारले उच्च प्राथमिकतामा राख्ने जनाएको छ। यसबाट विद्युत् निर्यात विस्तार, क्षेत्रीय ऊर्जा व्यापार प्रवर्द्धन तथा आपूर्ति सुरक्षामा योगदान पुग्ने अपेक्षा गरिएको छ।
ऊर्जा पूर्वाधार विस्तारमार्फत विद्युत् प्रणालीलाई भरपर्दो, प्रभावकारी र अन्तरदेशीय रूपमा प्रतिस्पर्धी बनाउने सरकारको लक्ष्य रहेको बजेट वक्तव्यमा उल्लेख छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य