देशभर ५ सडक पूर्ण अवरुद्ध
जलसरोकार
काठमाडौँ : दशैँ पर्व सुरु भएसँगै यात्रुको भीड बढिरहेको समयमा देशभरको सडक यात्रा निरन्तर वर्षा र पहिरोका कारण प्रभावित भएको छ । विभिन्न राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रुहरू अलपत्र परेका छन् ।
प्रहरीका अनुसार आज बिहान ९ बजेसम्म देशका ५ सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ७ सडक एकतर्फी मात्र सञ्चालनमा आएका छन् ।
कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवा क्षेत्रमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, बाढीले रसुवाको गोसाइकुन्ड गाउँपालिका–२ स्थित नेपाल–चीन नाका जोड्ने पुल पूर्ण रूपमा बन्द भएको छ ।
पासाङ ल्हामु राजमार्गअन्तर्गत रसुवाको गोसाइकुन्ड–२ बालुवाखानीमा पहिरो जाँदा सडक बन्द भएको छ भने अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पनि सडक अवरुद्ध भएको छ ।
यता, मुग्लिन–नारायणगढ सडक लामो समयको प्रयासपछि एकतर्फी मात्र सञ्चालनमा आएको छ । रातिको समयमा भने जोखिम रहने भएकाले सडक आवागमन रोकिएको प्रहरीले जनाएको छ ।
अवरुद्ध सडकहरू सुरक्षाकर्मी र प्राविधिक टोलीले खोल्ने प्रयास जारी राखेका छन् । यात्रुलाई वैकल्पिक मार्ग रोज्न र सतर्क रहन समेत आग्रह गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स