म्याग्दीमा ४२ खानेपानी आयोजना सम्पन्न
जलसरोकार
म्याग्दी - म्याग्दीका करिब सात सय घरपरिवारमा खानेपानीको सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरेका खानेपानी योजनाबाट छ सय ९८ घरमा खानेपानीको पहुँच पुगेको हो ।
प्रदेश सरकारबाट प्राप्त ३४ र संघीय सरकारबाट प्राप्त आठवटा खानेपानी योजना सञ्चालन भएकामा यस वर्ष खानेपानीका ट्याङ्की निर्माण, पाइपलाइन विस्तार र मिटर जडानका काम भएको कार्यालयका सूचना अधिकारी इन्जिनियर शिवशङ्कर शाहले जानकारी दिए । उनका अनुसार गत आवमा विभिन्न सात खानेपानी योजना सम्पन्न भएर दुई सय नौ घरमा खानेपानीको मिटर जडान गरिएको छ ।
घोडेपानी खानेपानी, तोरीपानीको खसपधेरा खानेपानी, डम्मरा खानेपानी, रणबाङ खानेपानी, तुसारेपानी खानेपानी, सिजलगाउँ चुनेपानी खानेपानी योजनाको निर्माण सम्पन्न भएर मिटर जडान गरी घरघरमा खानेपानीको पहुँच पुर्याइएको कार्यालयले जनाएको छ ।
कार्यालयले सञ्चालन गरेका खानेपानी योजनामा एक वर्षको अवधिमा २८ इन्टेक, १६ सङ्कलन चेम्बर, ११ वितरण चेम्बर, चार बीटीसी चेम्बर र २४ पानी सङ्कलन ट्याङ्की निर्माण भएको छ । एक वर्षमा कुल २७.६७ प्रतिशत किलोटिमर मुख्य पाइपलाइन र ४९.७१ किलोमिटर वितरण पाइपलाइन निर्माण भएको कार्यालयका सबइन्जिनियर धनेश शाहले जानकारी दिए । रासस
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिक्रीमा माथिल्लो तामाकोशी अगाडि
-
नेप्सेमा लगातार दोस्रो दिन गिरावट, १३.८५ अंक घट्यो
-
सिंचाईं विभागमा हाकिमहरुको असामान्य सरुवा : मन्त्रालयभित्र उठ्यो आर्थिक चलखेलका प्रश्न
-
९१ जलविद्युत् कम्पनीको वित्तीय र्याङ्किङमा साहस पहिलो, बुटवल पावर दोस्रो
-
ग्यास उद्योगीलाई ‘पाता फर्काउनुपर्ने’ अभिव्यक्तिले विवादमा आएकी उद्योगमन्त्री यादवले दिइन् राजीनामा
-
चिलिमे उद्धारमा महत्वपूर्ण संकेत : सुरुङभित्र चिसो हावाको दोहोरो बहाव र प्रतिध्वनि