देशभरका विभिन्न राजमार्गका ३२ सडक अझै अवरुद्ध
जलसरोकार
काठमाडौं : बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्गका ३२ स्थानमा अझै सडक अवरुद्ध भएका छन् । सडक विभागले बुधबार सार्वजनिक गरेको विवरणअनुसार हालसम्म बीपी राजमार्ग, मेची राजमार्ग, कोशी राजमार्गलगायतका सडक खण्डमा यातायात आवागमन रोकिएको छ ।
विभागका अनुसार बीपी राजमार्गमा सबैभन्दा बढी १८ स्थानमा सडक अवरुद्ध भएको छ । मेची राजमार्गका १० स्थानमा पहिरो खसेका कारण यातायात सञ्चालनमा समस्या आएको छ । साथै पाँचथरको भेडेडार–रबि–राँके सडक खण्ड पनि पहिरोका कारण बन्द भएको जनाइएको छ ।
ताप्लेजुङको फक्ताङलुङ–५ र ६ जोड्ने रानीपुल बेलीब्रिज बाढीले बगाएपछि तमोर कोरिडोर पूर्णरूपमा अवरुद्ध भएको छ । सङ्खुवासभाको अल्फटेमा खसेको ठूलो पहिरोका कारण कोशी राजमार्ग समेत बन्द भएको विभागले जनाएको छ ।
यसैबीच, गत असारमा चीनतर्फबाट आएको बाढीका कारण तातोपानी र टिमुरे क्षेत्रका सडकहरूमा ठूलो क्षति पुगेको थियो । त्यसपछि स्याफ्रुवेन्सी–रसुवागढी सडकखण्ड अझै पूर्णरूपमा अवरुद्ध नै रहेको विभागले जानकारी दिएको छ ।
सडक विभागका अनुसार अवरुद्ध सडकहरूमा यान्त्रिक उपकरण परिचालन गरी मर्मत तथा पहिरो पन्छाउने कार्य तीव्र गतिमा भइरहेको छ । तर लगातारको वर्षा र थप पहिरोको जोखिमका कारण सडक खुलाउन समय लाग्ने जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी