नेशनल हाइड्रोपावर कम्पनीको २७ औं र २८औं वार्षिक साधारणसभा एकैसाथ हुने
जलसरोकार
काठमाडौं,: नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो २७ औं र २८औं वार्षिक साधारणसभा एकैसाथ गर्ने भएको छ । यहिँ मंसिर २८ गते बालुवाटारस्थित डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेटमा बिहान ११ बजे गर्ने छ ।
कम्पनीले यस पटकको साधारणसभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश नगर्ने बताएको छ । उक्त सभामा आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को वित्तीय विवरणमा छलफल गरी पारित गरिने बताइएको छ ।
त्यस्तै गत आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदन अनुमोदन र पारिश्रमिक निर्धारण गरिनुका सथै चालू आर्थिक वर्षका लागि नयाँ लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण विज्ञ सञ्चालकको नियुक्ति अनुमोदन गरिने विज्ञाप्तीमा उल्लेख छ । रिक्त सञ्चालक पदमा दुई जना नयाँ सञ्चालकको नियुक्ति गरिने स्रोतले बताएको छ ।
साधारणसभाको प्रयोजनका लागि कम्पनीले मंसिर १९ गते बुक क्लोज गर्ने जनाएको छ । यस अनुसार, मंसिर १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले सभामा सहभागी हुन पाउनेछन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स