नेशनल हाइड्रोपावर कम्पनीको २७ औं र २८औं वार्षिक साधारणसभा एकैसाथ हुने
जलसरोकार
काठमाडौं,: नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो २७ औं र २८औं वार्षिक साधारणसभा एकैसाथ गर्ने भएको छ । यहिँ मंसिर २८ गते बालुवाटारस्थित डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेटमा बिहान ११ बजे गर्ने छ ।
कम्पनीले यस पटकको साधारणसभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश नगर्ने बताएको छ । उक्त सभामा आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को वित्तीय विवरणमा छलफल गरी पारित गरिने बताइएको छ ।
त्यस्तै गत आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदन अनुमोदन र पारिश्रमिक निर्धारण गरिनुका सथै चालू आर्थिक वर्षका लागि नयाँ लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण विज्ञ सञ्चालकको नियुक्ति अनुमोदन गरिने विज्ञाप्तीमा उल्लेख छ । रिक्त सञ्चालक पदमा दुई जना नयाँ सञ्चालकको नियुक्ति गरिने स्रोतले बताएको छ ।
साधारणसभाको प्रयोजनका लागि कम्पनीले मंसिर १९ गते बुक क्लोज गर्ने जनाएको छ । यस अनुसार, मंसिर १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले सभामा सहभागी हुन पाउनेछन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिसो अत्यधिक बढेसँगै विद्युत् उत्पादनमा भारी कटौती
-
काबेली-३ जलविद्युत आयोजना अन्तिम चरणमा, चैतको सुरुवातमै विद्युत उत्पादनको लक्ष्य
-
सेयर बजार २६ सयभन्दा तल झर्यो, कारोबार रकम भने केही बढ्यो
-
काम अलपत्र पारे ठेक्का रद्द गरिने : मन्त्री घिसिङ
-
मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
-
हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री ?