२३ करोड वटा पाँच सयका नोट छापिँदै
जलसरोकार
काठमाडौं : नेपाल राष्ट्र बैंकले पाँच सय रूपैयाँ दरका २३ करोड वटा नोट छाप्ने भएको छ । कुल एक खर्ब १५ करोड रूपैयाँ बराबरका यी नोट छापिन लागेको हो ।
यसको लागि राष्ट्र बैंकले २५ अप्रिलमा प्रि बिडिङ हुने र १४ मेसम्म बिडिङको लागि समय दिइएको छ । १४ मे पछि भने आवेदन दिन पाइने छैन ।
नोट छाप्न धरौटीको रूपमा तीन करोड ५० लाख राख्नुपर्ने हुन्छ । नोट छाप्नको लागि यसअघि नै पहिलो चरणमा ६ कम्पनी छनोट भएका छन् ।
पहिलो चरणमा छनोट हुनेमा चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, बेलायतको डि ला रुउ इन्टरनेसनल, जर्मनको गिसिक डेभ्रियन्ट करेन्सी टेक्नोलोजी, रसियाको जोइन्ट स्टक कम्पनी, फ्रान्सको अबरथर फिड्युसेरी एसएएस र पोल्याण्डको पोलिस सेक्युरिटिज प्रिन्टिङ छानिएका हुन्।
छनोट भएका यी सबै कम्पनीले आगामी दुई वर्षसम्म हरेक पटकको छपाइको बोलकबोल प्रक्रिया (टेण्डर) मा प्रतिस्पर्धा गर्न सक्छन् ।
’दुई÷दुई वर्षमा नोट छाप्ने नयाँ चक्र सुरू हुन्छ,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ’अबको चक्रको लागि छानिएका यी कम्पनीहरूले प्रतिस्पर्धा गर्न सक्छन्।’
यो अवधिमा जुन–जुन नोट छाप्न पर्ने हुन्छ, त्यसको लागि राष्ट्र बैंकले टेण्डर आह्वान गर्छ ।
यो प्रक्रियामा यी ६ वटै कम्पनीले भाग लिन पाउँछन् भने सबैभन्दा कम रकममा छाप्न तयार हुनेले टेण्डर प्राप्त गर्छ। यसै अन्तर्गत अहिले पाँच सय रूपैयाँ दरका नोट छाप्न लागेका हुन् ।
अहिले बजारमा ६ खर्ब ४० अर्ब बराबरका नोट चलनचल्तीमा रहेका छन् ।
एक हजारको नोट नै चार खर्ब ५३ अर्ब रूपैयाँ बराबरका छन्। हाल करिब एक खर्ब २७ अर्ब रूपैयाँ बराबरका पाँच सयका नोट छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य