अरुणभ्याली हाइड्रोको २० लाख कित्ता सेयर लिलामी बिक्रीमा
जलसरोकार
काठमाडौं – अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले यसअघि लगानीकर्ताका लागि जारी गरेको हकप्रद निष्कासनमा करिब २० लाख कित्ता सेयर नबिकेपछि लिलामी गर्ने भएको छ । यसअघि १ बराबर १ को अनुपातमा कम्पनीले हकप्रद सेयर जारी गरेको सेयर बिक्री नभएपछि लिलामी गर्ने भएको हो । कम्पनीले वैशाख १० देखि लिलामी बिक्रीमा राख्ने भएको छ ।
सार्वजनिक सूचना जारी गर्दै बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले १९ लाख ९२ हजार १३४ कित्ता साधारण सेयरका लागि शिलबन्दी बोलपत्र आवेदन पेश गर्न आग्रह गरेको छ ।
इच्छुक लगानीकर्ताले वैशाख १० देखि २४ गतेसम्म न्यूनतम १ सय रुपैयाँ कायम हुनेगरी १ सय कित्ताका लागि आवेदन दिनुपर्ने क्यापिटलले जनाएको छ । आवेदनका साथ गुड फर पेमेन्ट चेक वा आईपीएसमार्फत भुक्तानी गरेको रकमको भौचर पेश गर्नुपर्नेछ ।
क्यापिटलको कार्यालय नक्साल र मुक्तिनाथ विकास बैंकका कार्यालयहरु ठिमी, कुमारीपाटी, विर्तामोड, विराटनगर, धरान, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी तथा महेन्द्रनगरबाट आवेदन फारम पाइने र तिनै केन्द्रमा बुझाउन सकिने छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सीमापार विद्युत् प्रसारण लाइनको क्यापासिटी बुकिङ र फैलाइएका भ्रमहरु
-
फेदीखोला हाइड्रोपावरले १७ लाख ६० हजार कित्ता शेयर सार्वजनिक गर्ने
-
३५ उद्योगबाट २३ करोड रुपैयाँ उठ्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता (कसले कति तिरे विवरणसहित)
-
राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
-
सुनको भाउ फेरि २ लाख ५० हजार नाघ्यो, चाँदीको मूल्य पनि बढ्यो
-
साहस ऊर्जाले पहिलो त्रैमासिकमा २३.६ प्रतिशत बढी खुद नाफा कमायो