सुपर खुदी हाइड्रोपावरका १ करोड ५५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, बुधबारदेखि कारोबार सुरु
जलसरोकार
काठमाडौं : सुपर खुदी हाइड्रोपावर लिमिटेडका कुल १ करोड ५५ लाख कित्ता सेयर नेप्से परिसूचकमा सूचीकृत भएका छन् । सूचीकृत सेयरमा प्रवर्द्धक (प्रमोटर) र सर्वसाधारणतर्फ जारी गरिएको सेयर दुवै समावेश छन् ।
नेप्सेले कम्पनीको पहिलो कारोबार दिनका लागि प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज निर्धारण गरेको छ । कम्पनीको सेयर कारोबार चैत ११, २०८२ (मार्च २५, २०२६) देखि सुरु हुने भएको छ ।
कुल १ कराेड ५५ लाख कित्ता सेयरमध्ये ३१ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरिएको थियो । उक्त आईपीओ फागुन ४ देखि फागुन ११ सम्म आवेदन खुला गरिएको थियो । बाँकी ८० प्रतिशत सेयर भने प्रवर्द्धक समूहको स्वामित्वमा रहेको छ ।
सूचीकृत सेयरहरू स्टक प्रतीक (सिम्बोल) “SKHL” अन्तर्गत कारोबार हुने जनाइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य