सञ्चालनमा आयो १३२ केभीको बुर्तिबाङ सवस्टेसन
जलसरोकार
ढोरपाटन : बागलुङको बुर्तिबाङमा निर्माण गरिएको १३२ केभी सवस्टेसन नियमित रूपमा सञ्चालनमा आएको छ । फागुन २ गते निर्माण सम्पन्न भई फागुन ३ र ४ गते परीक्षण गरिएको सवस्टेसन मङ्गलबारदेखि पूर्ण सञ्चालनमा ल्याइएको हो ।
नेपाल विद्युत प्राधिकरण अन्तर्गत निर्माण गरिएको उक्त सवस्टेसन एक वर्षअघि नै सञ्चालनमा ल्याउने योजना भए पनि बागलुङको बडिगाड गाउँपालिका क्षेत्रमा स्थानीयको अवरोधका कारण ढिलाइ भएको थियो। स्थानीयले टावर निर्माण र लाइन विस्तारमा अवरोध गरेपछि आयोजना प्रभावित बनेको थियो ।
आयोजना प्रमुख मनोज चौधरी का अनुसार कपिलवस्तुको मोतिपुरदेखि अर्घाखाँचीको सन्धिखर्क हुँदै गुल्मीको तम्घास, पौँदीअमराई भएर बुर्तिबाङसम्म प्रसारण लाइन विस्तार गर्ने काम विसं २०७८ चैत १२ गते सुरु गरिएको थियो । अघिल्लो वर्ष असार ७ गतेदेखि सञ्चालन गर्ने लक्ष्य रहे पनि विभिन्न अवरोधका कारण ढिलाइ भएको उनले बताए, ।
बडिगाडका स्थानीयले टावर निर्माण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेपछि करिब डेढ वर्ष आयोजना प्रभावित भएको थियो। गत वर्ष असार ९ गते सर्वोच्चले रिट खारेज गरेपछि तीव्र गतिमा काम अघि बढाएर आयोजना सम्पन्न गरिएको प्रमुख चौधरीले जानकारी दिए ।
ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा निर्माण गरिएको सवस्टेसनमार्फत पहाडी जिल्लालाई केन्द्रीय प्रसारण लाइनसँग जोडिएको छ । कपिलवस्तुदेखि बुर्तिबाङसम्म करिब ८६ किलोमिटर दूरीमा ‘डबल सर्किट’ प्रसारण लाइन विस्तार गरिएको छ ।
करिब रु चार अर्ब ७९ करोड लागतमा सम्पन्न उक्त आयोजनाले बागलुङसहित आसपासका पहाडी जिल्लामा विद्युत् आपूर्ति भरपर्दो बनाउने, भोल्टेज समस्या समाधान गर्ने तथा औद्योगिक र आर्थिक गतिविधि विस्तारमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार
-
देशभर बदली, कर्णाली र सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना