भारतको राजधानी नयाँ दिल्लीमा अचानक भारी वर्षाका कारण ११ जनाको मृत्यु
जलसरोकार
काठमाडौँ– भारतको राजधानी नयाँ दिल्लीमा अचानक भएको भारी वर्षाका कारण मर्नेको सङ्ख्या ११ जना पुगेको छ । यीमध्ये ४ जनाको मृत्यु जलमग्न अन्डरपासमा डुबेर भएको भन्दै टाइम्स अफ इन्डियाले समाचार छापेको छ ।
वर्षाका कारण राजधानीमा कयौं उडान स्थगित भएका छन् । यो महिनाको सुरुमा दिल्ली अहिलेसम्मकै डरलाग्दो लूको चपेटामा आएको थियो । तर जुन २८ मा इतिहासकै सबैभन्दा धेरै वर्षा भयो ।
एकै दिनमा दिल्लीमा महिनाभरिको औसत वर्ष भयो । मुसलधारे वर्षाका कारण दिल्लीको मुख्य विमानस्थलको छत खस्दा एक जनाको मृत्यु नै भयो । उडानहरू प्रभावित भए । अन्डरपास डुबानमा परेका थिए भने सडकमा भयानक ट्राफिक जाम, बिजुली र पानीको आपूर्ति प्रभावित जस्ता समस्या पनि भए । अघिल्लो २४ घण्टाभित्र दिल्लीको मुख्य विमानस्थलबाट हुने झन्डै ६० ओटा उडान रद्द भए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स