११ महिनामा १० हजार ८४५ विद्युतीय सवारी आयात
जलसरोकार
काठमाडौं : चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा रु २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार बराबरका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन (ईभी) आयात भएका छन्।
भन्सार विभागको तथ्याङ्कअनुसार उक्त अवधिमा ५० किलोवाटदेखि २०१ किलोवाट क्षमतासम्मका विभिन्न मोडेल र क्षमताका विद्युतीय सवारीसाधन नेपाल भित्रिएका हुन्।
तथ्याङ्कअनुसार ५० किलोवाट क्षमताका तीन हजार ६८० वटा विद्युतीय सवारीसाधन आयात भएका छन्। यी सवारीको कुल मूल्य रु पाँच अर्ब ६५ करोड रहेको छ।
त्यसैगरी, ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका छ हजार ३५७ वटा विद्युतीय सवारीसाधन आयात भएका छन्। यी सवारीको कुल आयात मूल्य रु १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार रहेको विभागले जनाएको छ।
नेपालमा पछिल्ला वर्षहरूमा विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ। इन्धन खर्चमा बचत, वातावरणमैत्री प्रविधि तथा सरकारी नीतिगत सहुलियतका कारण ईभीको आयात र प्रयोग दुवै विस्तार हुँदै गएको देखिन्छ।
भन्सार विभागको तथ्याङ्कले पनि नेपाली बजारमा विद्युतीय सवारीसाधनको माग निरन्तर बढिरहेको संकेत गरेको छ। विशेषगरी ५१ देखि १०० किलोवाट क्षमताका सवारीसाधनको आयात उच्च रहेको तथ्याङ्कले मध्यम क्षमताका ईभीप्रति उपभोक्ताको रुचि बढी रहेको देखाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो
-
त्रिशूली थ्री–ए उद्धारमा चुनौती, चट्टान भेटिएपछि कर्मचारीको अवस्थाप्रति चिन्ता बढ्दै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ