सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने प्रयासविरुद्ध युवाको विरोध
जलसरोकार
काठमाडौँ: अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने तयारी भएको भन्ने खबर सार्वजनिक भएपछि केही युवाहरू विरोधमा उत्रिएका छन् ।
बिहीबार नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडि पुगेका युवाहरूले कार्कीलाई सरकारको प्रमुख बनाउन नहुने भन्दै नाराबाजी गरेका छन् ।
समाचार संकलनका लागि पुगेका भारतीय सञ्चारमाध्यमका प्रतिनिधिहरूमाथि पनि युवाहरूले आक्रोश व्यक्त गरेका थिए । उनीहरूले ‘गो ब्याक इण्डिया’ भन्दै विरोध प्रदर्शन गरेका छन् ।
स्थिति नियन्त्रणमा लिन सेनाले युवाहरुलाई त्यहाँबाट हटाउने प्रयास गरिरहेको बताइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना