सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने प्रयासविरुद्ध युवाको विरोध
जलसरोकार
काठमाडौँ: अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने तयारी भएको भन्ने खबर सार्वजनिक भएपछि केही युवाहरू विरोधमा उत्रिएका छन् ।
बिहीबार नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडि पुगेका युवाहरूले कार्कीलाई सरकारको प्रमुख बनाउन नहुने भन्दै नाराबाजी गरेका छन् ।
समाचार संकलनका लागि पुगेका भारतीय सञ्चारमाध्यमका प्रतिनिधिहरूमाथि पनि युवाहरूले आक्रोश व्यक्त गरेका थिए । उनीहरूले ‘गो ब्याक इण्डिया’ भन्दै विरोध प्रदर्शन गरेका छन् ।
स्थिति नियन्त्रणमा लिन सेनाले युवाहरुलाई त्यहाँबाट हटाउने प्रयास गरिरहेको बताइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा
-
तराईका केही स्थानमा कुहिरो, पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली
-
सुनचाँदीको मूल्य बढेर ऐतिहासिक उच्च बिन्दुमा पुग्दै
-
माघका लागि वाणिज्य बैंकहरूको ब्याजदर घट्यो