मर्यादित र उच्च ज्यालासहितको रोजगारीका अवसर सिर्जना नगरेसम्म युवा पलायन : महासंघ अध्यक्ष ढकाल
जलसरोकार
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशभित्रै मर्यादित र उच्च ज्यालासहितको रोजगारीका अवसरहरु सिर्जना गर्न नसकेसम्म निराशालाई आशामा बदल्न नसकिने बताउँदै अहिले व्याप्त निराशा त्यसैको परिणाम रहेको बताएका छन् ।
'हामीलाई थाहा छ रोजगारी प्रदान गर्न सरकारको सीमितता छ, अहिले करिब पाँच लाख जनशक्तिलाई सरकारले रोजगारी दिएको छ,' ढकालले भने ।
उनका अनुसार निजी क्षेत्रले ८६ प्रतिशतलाई रोजगारी दिएको छ । तर हरेक बर्ष श्रम बजारमा प्रवेश गर्ने करिब पाँच लाख युवालाई रोजगारी दिनसक्ने क्षमता नेपालको निजी क्षेत्रमा पनि नरहेको उनको भनाई थियो । 'त्यसकारण युवाहरु जुन अर्थतन्त्रले रोजगारी दिनसक्छ त्यही अर्थतन्त्रमा काम खोज्न जाने गरेका हुन्,' ढकालले भने ।
महासंघको ५९ औँ वार्षिक साधारण सभा एवम् उद्योग वाणिज्य दिवस २०८१ को यस उद्घाटन कार्यक्रमलाई आज बिहीबार सम्बोधन गर्दै ढकालले भने, 'नेपालीलाई काम दिने यी अर्थतन्त्रहरु र नेपालको अवस्था केही समय पहिले उस्तै थियो ।'
सन् १९६० ताका नेपालको प्रतिव्यक्ति आय ५० र दक्षिण कोरियाको करिब सय डलर रहेकोमा अहिले कोरियाको प्रतिव्यक्ति आय ४० हजार डलर हाराहारी छ भने नेपालको १४ सय डलर रहेको ढकालले बताए ।
'यस अवधिमा कोरियाको आम्दानी चार सय गुणा बढेको देखिन्छ । नेपालको पनि २८ गुणा बढ्यो । तर ४० हजारको क्रय क्षमता र १४ सयको क्रय क्षमता तुलना हुँदैन । हामीकहाँ प्रगति भयो तर जति हुनुपर्ने थियो हुन सकेन,' उनले भने ।
भुमण्डलीकरणले सर्वसाधारणको आवश्यकता र चाहना मात्रै नबढेको स्तरीय जीवनयापन र क्षमता अनुसारको काम पाउन सारा संसार खुला भएको उल्लेख गर्दै उनले भने, 'ठूला अर्थतन्त्रमा हामीले काम पाउने त भयौ तर आफ्नो अर्थतन्त्र ठूलो बनाउन सकेनौ ।;
बंगलादेशको प्रतिव्यक्ति आय नेपालको भन्दा दोब्बर छ । कुल निर्यात ४० अर्ब डलर भन्दा माथि छ । बंगलादेशसंगै अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन लागेको नेपालको आम्दानी नै नपुगेको उनको भनाई थियो ।
'अन्य दुई सूचकका आधारमा हामी अगाडि बढेका हौ । फेरि पछाडि नफर्किने हो भने निजी क्षेत्रलाई निर्वाध काम गर्न दिनुपर्छ, ढकालले भने ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव