जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
जलसरोकार
काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए)को प्रतिस्पर्धी दर निर्धारण गर्न विद्युत् नियमन आयोगलाई आग्रह गरेका छन् ।
बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन बुझ्दै मन्त्री घिसिङले जलविद्युत् ऊर्जालाई सर्वसुलभ, पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन पिपिए दर प्रतिस्पर्धी आधारमा तय गर्नुपर्ने आवश्यकता औंल्याए ।
प्रतिवेदन आयोगका अध्यक्ष रामप्रसाद धितालले मन्त्री घिसिङलाई बुझाएका थिए ।
“सौर्य ऊर्जामा प्रतिस्पर्धी दरले पिपिए प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाएको छ, मन्त्री घिसिङले भने, त्यसैगरी जलविद्युत आयोजनाको वास्तविक मूल्य निर्धारणका लागि पनि प्रतिस्पर्धी आधार दर तय गरी बोलपत्र प्रक्रिया तयार गर्नुपर्छ ।”
हाल नेपाल विद्युत् प्राधिकरणले सौर्य ऊर्जाको खरिद प्रतिस्पर्धात्मक आधारमा गर्दै आएको छ, जसको अधिकतम दर प्रतियुनिट ५ रुपैयाँ ९४ पैसा तोकिएको छ ।
तर जलविद्युत आयोजनाका पिपिए दर अहिले पनि वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदयाममा ८ रुपैयाँ ४० पैसा कायम छ ।
मन्त्री घिसिङले नियमन आयोगका पदाधिकारीलाई निजी क्षेत्रको प्रोत्साहन, विद्युत प्राधिकरणको दिगोपन र ऊर्जा बजारको स्थायित्व सुनिश्चित गर्न ध्यान केन्द्रित गर्न निर्देशन दिए र
उनले थप, “प्रतिस्पर्धी प्रणालीले बजारमैत्री नीति ल्याउँछ र ऊर्जा क्षेत्रमा दीर्घकालीन विश्वसनीयता स्थापित गर्छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई आउन आग्रह, सहकार्य गर्न प्राधिकरण तयार : कार्यकारी निर्देशक श्रेष्ठ
-
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, परिसूचक ७९ अंकभन्दा बढीले उकालो
-
ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाइन्छ : महानिर्देशक श्रेष्ठ
-
४९७.६ मेगावाटका २० जलविद्युत् र १३ मेगावाटका दुई सौर्य आयोजना सम्मानित (सूचीसहित)
-
राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याएको भन्दै मादमेखोला जलविद्युत् आयोजना सम्मानित
-
राष्ट्र बैंकलाई थप स्वायत्त र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री वाग्ले