याम्बालिङ हाइड्रोपावरलाई २८ लाख कित्ता आईपीओ निष्कासन अनुमति
जलसरोकार
काठमाडौं : धितोपत्र बोर्ड नेपाल (सेबोन) ले याम्बालिङ हाइड्रोपावर लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न अनुमति दिएकाे छ । बोर्डले कम्पनीको आईपीओ प्रस्ताव २०८२ साल फागुन १७ गते स्वीकृत गरेको जनाएको छ।
स्वीकृत प्रस्तावअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल २८ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्नेछ। उक्त सेयर स्थानीय बासिन्दा तथा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था गरिनेछ।
कम्पनीको सार्वजनिक निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरिएको छ।
केयर रेटिङ्स नेपाल लिमिटेड (सीआरएनएल) ले याम्बालिङ हाइड्रोपावरको ‘CARE-NP BB- (Is)’ इस्यूअर रेटिङ पुनः पुष्टि गरेको छ। नेपालमा यस श्रेणीको रेटिङ प्राप्त संस्थालाई वित्तीय दायित्व समयमै पूरा गर्न मध्यम जोखिम वहन गर्ने कम्पनीका रूपमा मूल्याङ्कन गरिन्छ।
सन् २००७ मा स्थापना भई सन् २०२१ मा सार्वजनिक कम्पनीमा रूपान्तरण भएको याम्बालिङ हाइड्रोपावर लिमिटेडले सिन्धुपाल्चोक जिल्लामा ७.२७ मेगावाट क्षमताको रन–अफ–रिभर प्रकृतिको ‘याम्बालिङ खोला जलविद्युत् आयोजना’ सञ्चालन गर्दै आएको छ। उक्त आयोजना २०२४ फेब्रुअरी २० देखि ‘बूट’ (Build, Own, Operate, Transfer) मोडेलअन्तर्गत व्यावसायिक उत्पादनमा आएको हो।
आईपीओ निष्कासन मिति सम्बन्धी विस्तृत जानकारी कम्पनीले चाँडै सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता