पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा, वर्ल्डलिंकले सुरु गर्यो भुक्तानी
जलसरोकार
काठमाडौं : लामो समयदेखि रोकिएको नेपाल विद्युत् प्राधिकरणको विद्युत् पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा आएको छ। यसक्रममा इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले पोल भाडा बक्यौता भुक्तानी प्रक्रिया सुरु गरेको छ।
नेपाल विद्युत् प्राधिकरणअन्तर्गत वितरण तथा ग्राहक सेवा निर्देशनालय, बागमती प्रदेश डिभिजनल कार्यालयमार्फत वर्ल्डलिंकले आर्थिक वर्ष २०८२/८३ को स्वःघोषणाको आधारमा निर्धारण गरिएको पोल भाडा रकमको कर कट्टीपछिको भुक्तानी प्रक्रिया अघि बढाएको हो।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को हकमा संयुक्त रूपमा गरिएको पोल तथा डीबी बक्स प्रमाणीकरणका आधारमा हिसाब मिलान गरी यसअघि भएको दोहोरो भुक्तानीसमेत समायोजन गर्दै बाँकी रकम भुक्तानी गरेको जनाएको छ।
यसैबीच, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले राज्यको पूर्वाधार प्रयोग गर्ने सबै सेवा प्रदायकले कानुनबमोजिम तिर्नुपर्ने शुल्क समयमै भुक्तानी गर्नु दायित्व भएको बताएका छन् ।
उनले वर्ल्डलिंकबाट सुरु भएको भुक्तानी प्रक्रियालाई सकारात्मक सुरुआतका रूपमा उल्लेख गर्दै अन्य सेवा प्रदायक कम्पनीहरूले पनि कानुनी दायित्वअनुसार बक्यौता भुक्तानी गर्ने विश्वास व्यक्त गरे ।
मन्त्री श्रेष्ठले सरकार विधिको शासन तथा कानुनको निष्पक्ष कार्यान्वयनप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै कार्यान्वयनका क्रममा देखिने व्यावहारिक समस्याहरूको समाधान पनि कानुनको सीमाभित्र रहेर गरिने बताए ।
साथै, कानुन कार्यान्वयनको विषयलाई अनावश्यक रूपमा राजनीतिक रंग दिने वा भ्रम सिर्जना गर्ने प्रयासप्रति सचेत रहनुपर्ने उल्लेख गर्दै सबैका लागि समान रूपमा कानुन लागू हुने सरकारको नीति रहेको उनले बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली-१ मा अझै ४३९ जना सम्पर्कविहीन, खोजी तथा उद्धार जारी
-
विद्युत्मा लगाइएको भ्याट हटाउने सरकारको तयारी
-
चार वर्षे कार्यकाल सकिएका १०० कित्ते शेयरधनी दीपक कार्कीलाई बैठकमा नबोलाएपछि अपर तामाकोशीमा रडाको
-
सुनको मूल्य घट्यो, चाँदी बढ्यो
-
आज शेयरबजार बन्द
-
बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँट, २३ लाखभन्दा बढी आवेदकमध्ये ८६ हजार ३२० जनाले पाए १० कित्ता शेयर