महाकाली सिँचाइ आयोजनाः असारसम्म दुई हजार हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य
जलसरोकार
काठमाडौं– महाकाली सिँचाइ आयोजनाको तेस्रो चरण अन्तर्गत आगामी साढे दुई महिनामा दुई हजार हेक्टर क्षेत्रफल सिँचाइ पुर्याउने लक्ष्यसहित काम अघि बढाइएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको यस आयोजनाको तेस्रो चरण अन्तर्गत हाल मूल नहरसँगै शाखा नहर निर्माण भइरहेको छ ।
हालसम्म २८ किलोमिटर मूल नहर निर्माण सम्पन्न भइसकेको तेस्रो चरण आयोजनाका सिडिई उमेश गुप्ताले जानकारी दिए। मूल नहर निर्माणको काम २०६४ सालदेखि कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवबाट सुरु भएको हो ।
कञ्चनपुरसँगै कैलालीको मालाखेतीसम्म गरी कूल ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य साथ आयोजना निर्माण सुरु गरिएको हो । ‘कूल २८ किलोमिटरदेखि मालाखेतीसम्म निर्माणका लागि पाँच वटा प्याकेजमा ठेक्का भइसकेको छ’, सिडिई गुप्ताले भने, ‘ठेक्का भएकामध्ये केहीले काम सुरु गरिसके बाँकी सुरुआतको तरखरमा छन् ।’
कुल २८ देखि ४८ सम्मको २० किलोमिटर मूलनहर निर्माणसँगै दुई हजार नौ सय मिटरको कृष्णपुरको गुलरिया नहर र चार किलोमिटर मालाखेतीको नहरसमेत निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ ।
‘शुक्लाफाँटा नगरपालिकाको फुलेलीदेखि मालाखेतीसम्म मूल नहर र अन्य नगर गरी रु दुई ५० करोड अर्ब बजेटको प्याकेज हो’, सिडिई गुप्ताले भने, ‘यता मूल नहर निर्माण भएका क्षेत्रमा दुई वटा शाखा नहर निर्माण भइसकेका छन् ।
डेढ दशकअघि सुरु भएको आयोजनाको २०७५ सालमा आइपुग्दा १२ किलोमिटर मूल नहर निर्माण भएको थियो । राष्ट्रिय गौरवको प्राथमिकतामा परेपछि मात्रै आयोजनाले गति लिएको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी वायूको आंशिक प्रभावः तराईमा हुस्सु, पहाडी भू–भागमा आंशिक बदली
-
ग्लोबल आइएमई बैंक र डिएआई–उदय परियोजनाबीच कोशी प्रदेशका साना तथा लघु उद्यमलाई वित्तीय पहुँच बढाउने समझदारी
-
१०० दिनमा १०१ काम : ऊर्जा, सडक र शहरमा कुलमान घिसिङको आक्रामक हस्तक्षेप
-
जेन-जी आन्दोलनको सुशासन एजेन्डा कार्यान्वयनमा, सय दिनमै १०१ प्रमुख काम सम्पन्न : मन्त्री कुलमान घिसिङ
-
वीरगञ्ज नाकाबाट पाँच महिनामा ७२ अर्ब २८ करोडको पेट्रोलियम आयात, राजस्वमा ६.४२ प्रतिशत वृद्धि
-
आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ खरिद-बिक्री ?