महाकाली सिँचाइ आयोजनाः असारसम्म दुई हजार हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य
जलसरोकार
काठमाडौं– महाकाली सिँचाइ आयोजनाको तेस्रो चरण अन्तर्गत आगामी साढे दुई महिनामा दुई हजार हेक्टर क्षेत्रफल सिँचाइ पुर्याउने लक्ष्यसहित काम अघि बढाइएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको यस आयोजनाको तेस्रो चरण अन्तर्गत हाल मूल नहरसँगै शाखा नहर निर्माण भइरहेको छ ।
हालसम्म २८ किलोमिटर मूल नहर निर्माण सम्पन्न भइसकेको तेस्रो चरण आयोजनाका सिडिई उमेश गुप्ताले जानकारी दिए। मूल नहर निर्माणको काम २०६४ सालदेखि कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवबाट सुरु भएको हो ।
कञ्चनपुरसँगै कैलालीको मालाखेतीसम्म गरी कूल ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य साथ आयोजना निर्माण सुरु गरिएको हो । ‘कूल २८ किलोमिटरदेखि मालाखेतीसम्म निर्माणका लागि पाँच वटा प्याकेजमा ठेक्का भइसकेको छ’, सिडिई गुप्ताले भने, ‘ठेक्का भएकामध्ये केहीले काम सुरु गरिसके बाँकी सुरुआतको तरखरमा छन् ।’
कुल २८ देखि ४८ सम्मको २० किलोमिटर मूलनहर निर्माणसँगै दुई हजार नौ सय मिटरको कृष्णपुरको गुलरिया नहर र चार किलोमिटर मालाखेतीको नहरसमेत निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ ।
‘शुक्लाफाँटा नगरपालिकाको फुलेलीदेखि मालाखेतीसम्म मूल नहर र अन्य नगर गरी रु दुई ५० करोड अर्ब बजेटको प्याकेज हो’, सिडिई गुप्ताले भने, ‘यता मूल नहर निर्माण भएका क्षेत्रमा दुई वटा शाखा नहर निर्माण भइसकेका छन् ।
डेढ दशकअघि सुरु भएको आयोजनाको २०७५ सालमा आइपुग्दा १२ किलोमिटर मूल नहर निर्माण भएको थियो । राष्ट्रिय गौरवको प्राथमिकतामा परेपछि मात्रै आयोजनाले गति लिएको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
लाङटाङ जलविद्युत् आयोजना २० मेगावाट उत्पादनको तयारीमा, थप १० मेगावाट विस्तारका लागि ग्लोबल हाइड्रो अस्ट्रियासँग सम्झौता
-
पाँच दिनको उकालोपछि नेप्से २४ अंकले घट्यो, बढ्यो कारोबार रकम
-
तल्लो सेती जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहण सुरु
-
उज्यालो नेपाल पार्टीले अब सडकबाटै सरकार चलाउनेछ : अध्यक्ष कुलमान
-
सुपर खुदी हाइड्रोपावरको पहिलो कारोबार ३०० रुपैयाँमा, नियमित बजारमा प्रवेश
-
सुनकाे मूल्य तोलामा रु १४ हजार ६०० ले बढ्यो, चाँदी कति ?