नागरिक लगानी कोषको लगानी पारदर्शी र प्रतिफलमुखी बनाउछाैँ : अर्थमन्त्री वाग्ले
जलसरोकार
काठमाडौं : अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई पारदर्शी, सुरक्षित र प्रतिफलमुखी बनाइने बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले मुलुकको आन्तरिक आम्दानी र खर्चबीच खाडल रहेकाले आन्तरिक तथा बाह्य स्रोतबीच सन्तुलन कायम गर्न नागरिक लगानी कोषजस्ता सार्वजनिक कोषको प्रभावकारी परिचालन आवश्यक रहेको बताए ।
उनले राष्ट्रिय बचतले मात्र आवश्यकता धान्न नसक्ने अवस्थामा नागरिकबाट संकलित रकमबाट निर्माण भएका सार्वजनिक कोषलाई कति हदसम्म लचिलो बनाउने भन्ने विषयमा सरकार जोखिम व्यवस्थापनप्रति गम्भीर रहेको स्पष्ट पारे। कोषमा जम्मा भएको रकमलाई सुरक्षित ढङ्गले परिचालन गर्दै त्यसबाट उचित प्रतिफल सुनिश्चित गर्नुपर्ने उनकाे भनाइ थियो।
विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले नागरिक लगानी कोषलाई समयानुकूल विकसित गर्दै लगानीयोग्य र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। कोषले हाल करिब तीन खर्ब ३७ अर्ब रुपैयाँ बचत व्यवस्थापन गरिरहेको उल्लेख गर्दै सांसदहरूले उक्त रकमको सुरक्षित, पारदर्शी र प्रतिफलयुक्त क्षेत्रमा लगानी विस्तार गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
हितेन्द्रदेव शाक्यको दाबीमाथि उठ्ने प्रश्न : ओलीकालीन ५२ नियुक्तिको नजिर कहाँ पुग्छ?
-
साताको दोस्रो कारोबार दिन नेप्से ३६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
-
कोरलाबाट २० दिनमै साढे दुई अर्बकाे राजस्व सङ्कलन
-
नागरिक लगानी कोषको लगानी पारदर्शी र प्रतिफलमुखी बनाउछाैँ : अर्थमन्त्री वाग्ले
-
बाढी उद्धारमा खटिएका सुरक्षाकर्मीलाई जलविद्युत्को आईपीओमा २ प्रतिशत हिस्सा
-
ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने