जलस्रोत विधेयक प्रतिनिधिसभामा पेस
जलसरोकार
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा जलस्रोत विधेयक२०८१ पेस गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सभामा विधेयक प्रस्तुत गरेकी हुन्।
मन्त्री शर्माले जलस्रोत क्षेत्र र सोसम्बन्धी कानुनको सुधार तथा परिमार्जन गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताइन् । “जलस्रोत क्षेत्रको विकासमा जलस्रोत ऐन २०४९ उल्लेखनीय कानुनको रुपमा रहेको छ, हाल सरकारले पेश गरेको ऐनको कार्यान्वयनपश्चात् जलस्रोत विकास एवं व्यवस्थापन गर्ने कार्य एवं प्रक्रियालाई सुदृढ तथा आधुनिकीकरण गर्न सघाउ पुग्नेछ”, मन्त्री शर्माले भनिन्, “जलस्रोतको उपयोग, विकास र संरक्षणमार्फत समग्र राष्ट्रको विकासमा बहुआयामिक सोचमार्फत जलस्रोतको उत्पादकत्व वृद्धि गर्न यस ऐनको महत्वपूर्ण भूमिका रहने विश्वास लिएका छौँ ।” प्रतिनिधिसभाको अर्को बैठक यही असार १६ गते आइतबार दिनको ३ बजे बस्नेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य फेरि उकालो, तोलामा १ हजार र चाँदी ५० रुपैयाँले बढ्यो
-
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
-
अविरल वर्षाले देशभरका सडक प्रभावित, अरनिको, पासाङ ल्हामु र बेनी–जोमसोम सडक अवरुद्ध
-
देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम
-
लगातार चौथो दिन पनि घटेर बन्द भयाे नेप्से
-
पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा, वर्ल्डलिंकले सुरु गर्यो भुक्तानी