देशभर मतदान जारी, बिहान १० बजेसम्म करिब १० लाख ६५ हजार मत खस्यो : निर्वाचन आयोग
जलसरोकार
काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका सबै मतदान केन्द्रमा मतदान जारी रहेको छ ।
निर्वाचन आयोगका अनुसार बिहान १० बजेसम्म देशभर करिब १० लाख ६५ हजार मत खसेको छ, जुन कूल मतदाताको करिब ६ प्रतिशत हो ।
आयोगका अनुसार निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी कुल एक करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन् । साथै एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम गरिएको छ ।
निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । यस्तै १४३ अस्थायी मतदानस्थल पनि तय गरिएको आयोगले जनाएको छ ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालाई सहज रूपमा मतदान गर्न प्राथमिकता दिने व्यवस्था गरिएको आयोगले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना