माथिल्लो त्रिशूली-३ ‘बी’ : पावरहाउस क्षेत्रमा उत्खनन जारी, ट्रान्समिसन टावर र स्तम्भका अवशेष भेटिए
जलसरोकार
रसुवा : माथिल्लो त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनाको पावरहाउस क्षेत्रमा उद्धार तथा खोजीका लागि भइरहेको उत्खनन आज पनि जारी रह्यो। त्रिशूली जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) आनन्द ढुंगेलका अनुसार बिहान करिब मंगलबार ७ः४५ बजेदेखि साँझ ५ः३० बजेसम्म पावरहाउस क्षेत्रमा उत्खनन गरिएको थियो।
उनका अनुसार उत्खनन नदीतर्फबाट पहाडतर्फ क्रमशः अघि बढाइएको छ। यस क्रममा बाहिरबाट बगाएर ल्याइएको सामग्रीका रूपमा प्रसारण टावरका टुक्राटुक्रा भएको भाग भेटिएको छ। त्यस्तै, पावरहाउसको स्तम्भको केही भागसमेत भेटिएको ढुंगेलले जानकारी दिएका छन्।
पावरहाउस क्षेत्रको उत्खनन भोलि पनि निरन्तर गरिने उनले बताएका छन्। “हामी भोलि पनि उत्खननलाई निरन्तरता दिनेछौँ,” ढुंगेलले भनेका छन्।
उनले उद्धार तथा खोजी कार्यमा निरन्तर सहयोग र समर्थन गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंक संशोधन विधेयकको प्रतिवेदन अर्थसमितिबाट सर्वसहमत पारित
-
माथिल्लो त्रिशूली-३ ‘बी’ : पावरहाउस क्षेत्रमा उत्खनन जारी, ट्रान्समिसन टावर र स्तम्भका अवशेष भेटिए
-
६० अर्ब रुपैयाँ निक्षेपमा तान्दै राष्ट्र बैंक
-
सुन र चाँदीको मूल्य फेरि बढ्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
किसानका सुझाव लिएर सिक्टा सिँचाइको बाँकी काम अघि बढाउँदै आयोजना
-
चिलिमे उद्धार टोली १५० मिटरभित्र पुगेको श्रीराम न्यौपानेको भनाइ