सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

माथिल्लो त्रिशूली-३ ‘ए’ उद्धारमा अर्को प्रगति : सुरुङभित्र सेना-सशस्त्रको टोली १० मिटर प्रवेश

जलसरोकार
बिहीबार, भदौ १८, २०८३ | १५:५३:१८ बजे
तस्वीरहरु : ई. श्रीराम न्यौपाने

काठमाडौं :  माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको भूमिगत संरचनामा फसेका व्यक्तिहरूको खोजी तथा उद्धारमा थप प्रगति भएको छ। उद्धारमा खटिएको नेपाली सेना र सशस्त्र प्रहरीको टोली सुरुङको माथिल्लो भागतर्फ करिब १० मिटर भित्र प्रवेश गरेको छ।

स्थलगत अवस्थाबारे जानकारी दिँदै श्रीराम न्यौपानेले सुरुङभित्र प्रवेश गरेको उद्धार टोलीले अघि बढ्ने क्रममा एक्स्काभेटरको सहायताले विस्फोट गरी हटाइएका ढुंगा तथा अन्य अवरोध पन्छाउने काम गरिरहेको बताएका छन्।

उनका अनुसार उद्धार टोली अहिले सुरुङको भुइँ तहसम्म पुग्न नजिक पुगेको छ।

बाढी र पहिरोपछि माथिल्लो त्रिशूली-३ ‘ए’को भूमिगत संरचनामा ठूलो परिमाणमा माटो, लेदो, ढुंगा तथा अन्य अवरोध थुप्रिएपछि उद्धार टोलीले सुरुङ प्रवेशद्वारदेखि क्रमशः अवरोध हटाउँदै भित्रतर्फ अघि बढिरहेको छ।

पछिल्लो प्रगतिले उद्धार टोली सुरुङभित्र थप गहिराइसम्म पुग्न सफल भएको देखाएको छ। अहिलेको मुख्य चुनौती सुरुङभित्र रहेका बाँकी ढुंगा तथा अवरोध हटाउँदै सुरक्षित रूपमा थप अगाडि बढ्नु रहेको छ।

उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी तथा प्राविधिक टोली परिचालित छन्। एक्स्काभेटरको प्रयोगबाट विस्फोट गरिएका ठूला ढुंगा र अन्य अवरोध हटाउने काम भइरहेकाले सुरुङको भित्री भागतर्फ पुग्ने बाटो क्रमशः खुल्दै गएको छ।

उद्धार टोली सुरुङभित्र १० मिटर प्रवेश गर्नु र भुइँ तहसम्म पुग्न नजिक हुनु पछिल्लो अभियानको महत्वपूर्ण प्रगति हो। यद्यपि सुरुङको थप भित्री भागको वास्तविक अवस्था र त्यहाँ रहेका व्यक्तिहरूको अवस्थाबारे अहिले नै निष्कर्ष निकाल्न सकिने अवस्था छैन।

 

प्रकाशित मिति : बिहीबार, भदौ १८, २०८३ | १५:५३:१८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

धेरै पढिएको