दुई दिन बन्द गरियो माथिल्लो तामाकोशी जलविद्युत् आयोजना
जलसरोकार
काठमाडौं,: बाढीपहिरोले क्षति पुर्याएपछि झण्डै तीन महिनासम्म बन्द भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई दुई दिन बन्द गरिएको छ ।
संरचनामा सरसफाइ लगायतका काम गर्न शनिबार बिहान सात बजेदेखि आइतबार बेलुका आठ बजेसम्मका लागि आयोजना बन्द गरिएको अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिए ।
‘अहिलेसम्म रन अफ रिभर मोडमा चलाइएको थियो’ गौतमले भने, ‘यो सटडाउन अवधिमा फर्मवर्क, स्काफोल्डिङ पाइप्स निकालेर बाँकी ग्राउन्टिङ र स्टिल प्लेट्स जडान कार्य सम्पन्न गरेर पिकिङ मोडमा पूर्ण क्षमतामा चलाउने योजना छ ।’
गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले यो आयोजनामा क्षति पुर्याएको थियो भने चार जनाको ज्यान पनि गएको थियो । क्षतिग्रस्त संरचनाहरुको आंशिक मर्मतसम्भार गरी ८८ दिनपछि पुनः विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको थियो । त्यतिबेला नदीमा उपलब्ध पानीको बहावलाई पूर्णरुपमा प्रयोग गरी दैनिक औसत १२० मेगावाट मात्र विद्युत् उत्पादन गरिएको थियो ।
नेपालमा सञ्चालनमा रहेका जलविद्युत् गृहहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्र दोलखाको बिगु गाउँपालिका १ मा पर्दछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो