अपर तामाकोशी जलविद्युत्ले विद्युत् बिक्रीबाट ६ अर्ब ७ करोडबढी रुपैयाँ कमायो
जलसरोकार
काठमाडौं : अपर तामाकोशी जलविद्युत् लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुष मसान्त) सम्मको अपरिष्कृत वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ९९ करोड ६५ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीले विद्युत् बिक्रीबाट ६ अर्ब ७ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको छ । सञ्चालन नाफा ३ अर्ब ७४ करोड ३१ लाख रुपैयाँ पुगेको छ । प्रशासनिक तथा परियोजना खर्च, रोयल्टी, विदेशी विनिमय घाटा र मूल्यह्रास खर्च कटाउँदा पनि कम्पनी नाफामा देखिएको हो ।
अघिल्लो त्रैमास (असोज मसान्त) सम्म कम्पनीले १ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने गत आर्थिक वर्षको सोही अवधिमा ८२ करोड ११ लाख रुपैयाँ घाटामा थियो। यसले कम्पनीको वित्तीय अवस्थामा गत वर्षको तुलनामा उल्लेख्य सुधार आएको संकेत गर्छ ।
पुष मसान्तसम्म कम्पनीको कुल सम्पत्ति ८२ अर्ब ७८ करोड ८० लाख रुपैयाँ रहेको छ । त्यसमध्ये ७६ अर्ब ९८ करोड रुपैयाँ गैर–चालु सम्पत्ति र ५ अर्ब ८० करोड रुपैयाँ चालु सम्पत्ति रहेको छ। कम्पनीको कुल इक्विटी १० अर्ब ५९ करोड रुपैयाँ पुगेको छ भने दीर्घकालीन ऋण ६८ अर्ब १६ करोड रुपैयाँ कायम रहेको छ ।
समीक्षा अवधिमा कम्पनीको सञ्चित नोक्सानी अझै ११ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी रहेको देखिन्छ । यद्यपि विद्युत् उत्पादन र बिक्रीबाट आम्दानी वृद्धि हुँदै जाँदा आगामी अवधिमा वित्तीय अवस्था थप सुदृढ हुने अपेक्षा गरिएको छ ।
कम्पनीका अनुसार आयोजनासम्बद्ध दायित्व व्यवस्थापन, ऋण पुनर्संरचना र उत्पादन स्थायित्व कायम गर्न प्रयास जारी रहेका छन् । दोस्रो त्रैमासिक प्रतिवेदनले कम्पनी घाटाबाट नाफातर्फ उन्मुख भएको संकेत दिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता