माथिल्लो इङवा जलविद्युत् आयोजना राष्ट्रिय प्रसारणमा जोडियो
जलसरोकार
काठमाडौं – इङवा हाइड्रोपावर कम्पनीले निर्माण गरेको ९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। कम्पनीले शनिबारदेखि राष्ट्रिय प्रसारण लाईनमा जोडेको हो। आयोजनाले आफ्नै विद्युत गृह परिसरमा औपचारिक कार्यक्रम गर्दै विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडेको हो।
पाचँथर र ताप्लेजुुङको सिमाना भएर बग्ने इङवा खोलामा आयोजनाको विद्युत गृह छ। त्यहाँबाट १६ किलोमिटर लामो ३३ केभी ट्रान्समिसनलाइनमार्फत हिलिहाङ गाँउपालिका वडा नं १ मा रहेको नेपाल विद्युत प्राधिकरणको अमरपुर सबस्टेशनमा जडान गरिएको कम्पनीले जानकारी दिएको छ।
२०७८ साल साउन २३ गतेबाट कम्पनीले यो आयोजना निमार्ण सुरु गरेको थियो। आयोजनाको निर्माण गर्न १ अर्ब ९४ करोड रुपैयाँ लागत गरिएको हो। संस्थापक तथा सर्वसाधारणको सेयर लगानीबाट ३० प्रतिशत लगानी र बाँकी ७० प्रतिशत नबिल बैंकको लगानीमा आयोजना बनाइएको हो। आयोजनाको बाँधस्थल याँङवारक गाँउपालिका वडा नं २ र पावर हाउस वडा नं ३ मा रहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै
-
रसुवागढी जलविद्युत् केन्द्रका ९३ जना अझै बेपत्ता, सुरुङमा खोज्दा पनि कोही भेटिएनन्