माथिल्लो इङवा जलविद्युत् आयोजना राष्ट्रिय प्रसारणमा जोडियो
जलसरोकार
काठमाडौं – इङवा हाइड्रोपावर कम्पनीले निर्माण गरेको ९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। कम्पनीले शनिबारदेखि राष्ट्रिय प्रसारण लाईनमा जोडेको हो। आयोजनाले आफ्नै विद्युत गृह परिसरमा औपचारिक कार्यक्रम गर्दै विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडेको हो।
पाचँथर र ताप्लेजुुङको सिमाना भएर बग्ने इङवा खोलामा आयोजनाको विद्युत गृह छ। त्यहाँबाट १६ किलोमिटर लामो ३३ केभी ट्रान्समिसनलाइनमार्फत हिलिहाङ गाँउपालिका वडा नं १ मा रहेको नेपाल विद्युत प्राधिकरणको अमरपुर सबस्टेशनमा जडान गरिएको कम्पनीले जानकारी दिएको छ।
२०७८ साल साउन २३ गतेबाट कम्पनीले यो आयोजना निमार्ण सुरु गरेको थियो। आयोजनाको निर्माण गर्न १ अर्ब ९४ करोड रुपैयाँ लागत गरिएको हो। संस्थापक तथा सर्वसाधारणको सेयर लगानीबाट ३० प्रतिशत लगानी र बाँकी ७० प्रतिशत नबिल बैंकको लगानीमा आयोजना बनाइएको हो। आयोजनाको बाँधस्थल याँङवारक गाँउपालिका वडा नं २ र पावर हाउस वडा नं ३ मा रहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा