यो बुँदाको अर्थ के हो भने सय मेगावाटभन्दा मुनिका जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) कार्यकारी निर्देशक आफैले गर्न पाउने व्यवस्था खारेज गरी मन्त्री खड्का अध्यक्ष रहेको बोर्डमा ल्याउने चाहना हो । त्यसैगरी ठेक्कापट्टा, कर्मचारी सरुवा तथा बढुवाजस्ता सानातिना विषय कार्यकारी निर्देशक आफैले निर्णय गर्न सक्ने गरी अघिल्ला ऊर्जा मन्त्री तथा सचिवहरुले बन्दोबस्त गरेका थिए । प्रत्यायोजित अधिकार कटौती गरेपछि कार्यकारी निर्देशककोमा नभई मन्त्रीकोमा ‘दौडधुप’ चलाउने रहर खड्कालाई रहेको स्रोतले बतायो ।
स्पष्टीकरणको बुँदा नं. २ मा मन्त्री खड्काको रसुवा जिल्लामा भएको ‘सवारी’ मा त्रिशुली हव १० दिनभित्र सञ्चालनमा ल्याउने निर्देशन पालना नभएको विषयमा सोधनी भएको छ ।
त्यसैगरी मन्त्री खड्काले महालेखापरीषकको ६१ औं वार्षिक प्रतिवेदनमा उल्लेख भएको विद्युत् बक्यौता उठाउने विषयमा किन नउठाएको प्रतीत हुने गरी स्पष्टीकरण सोधिएको छ । महालेखाको उक्त प्रतिवेदनमा ट्रंक तथा डेडिकेटेडतर्फको ६२ ग्राहकबाट असुल हुनुपर्ने २१ अर्ब ८८ करोड रुपैयाँ, ६ अर्ब २ करोड सडक बत्ती बक्यौता र टीओडी मिटरको तथ्यांक आदिबारे सोधिएको छ । जबकि ट्रंक तथा डेडिकेटेड बक्यौता उठाउन उद्योगीको लाइन काट्दा यिनै ऊर्जा मन्त्रीले कुलमानलाई ‘१० मिनेटभित्र हटाउने’ सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
बुँदा नं. ४ मा काइते स्पष्टीकरण सोधिएको छ । एकातिर बक्यौता उठाउन विद्युत् नियमन आयोगले प्राधिकरणलाई निर्देशन दिएको छ । सोही निर्देशनअनुसार लाइन काट्दा सिंगो राज्यशक्ति कुलमानविरुद्ध लागिपरेको छ । बुँदा नं. ४ मा काइते भाषामा भनिएको छ, ‘बक्यौता असुल गर्न प्राधिकरणले अपनाएको आवश्यक प्रक्रिया, रणनीति, छलफल÷सम्वाद र प्रमाण संकलन÷विश्लेषण जस्ता सर्वमान्य सिलसिलेवार कदम नचाली सञ्चालक समितिबाट निर्णय निकासा नलिई बक्यौता असुल उण्पर गर्न के कस्तो प्रयास गरी अहिलेको निष्कर्षमा पुगेको अवस्था हो, सो विषय ।’
बुँदा नं. मा गत असोज २२ गते सोधिएको स्पष्टीकरणको जवाफ किन नदिएको भनिएको छ । यो बुँदामा विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा २५ को सहारा लिइएको छ । उक्त दफाअनुसार मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिन सक्ने उल्लेख छ । तर सोही दफाको उपदफामा भने त्यसरी दिएको निर्देशनले प्राधिकरणलाई घाटा हुने भए उक्त घाटा नेपाल सरकारले बेहोर्नेछ भनिएको छ । बक्यौता नउठाउन निर्देशन दिने तर त्यसबाट पर्ने घाटामा दफा २५(३) बारेमा चाहिं पत्र मौन छ ।
त्यसैगरी बुँदा नं. ६ मा तत्कालीन सचिवसँग २०७८ माघ ५ गते गरेको ‘पर्फमेन्स एग्रिमेन्ट’ अनुरुप आव २०८०÷८१ मा आफूले सम्पादन गरेका विस्तृत कार्य विवरण र त्यसका उपलब्धिहरु उपलब्ध गराउनुपर्ने ।
जोडियो रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा, हिउँदमा काठमाडौं उपत्यकाको विद्युत् व्यवस्थापनमा सहज हुने
हिउँदयामका लागि ६५४ मेगावाट बिजुली दिन भारत सहमत
जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का
बालकुमारीमा विद्युत चुहावट भएर आगलागी
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का पानी पर्ने
चार महिनामा १२ अर्ब ७२ करोड रुपैयाँको विद्युत् भारत निर्यात