युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य समायोजन
जलसरोकार
काठमाडौँ : नेपाल स्टक एक्सचेञ्जले युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले ७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो।
समायोजनपछि कम्पनीको शेयरमूल्य रु ६०३ रुपैयाँ ७४ पैसा कायम भएको छ। अघिल्लो कारोबार दिन कम्पनीको शेयर प्रतिकित्ता रु ६४६ मा अन्तिम कारोबार भएको थियो।
कम्पनीले आगामी वैशाख २७ गते काठमाडौँको कालीमाटीस्थित कालीमाटी ब्याङ्केटमा बाह्रौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सभाले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३६८४२ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव छ।
यसका साथै कम्पनीलाई होल्डिङ कम्पनीको रूपमा रूपान्तरण गर्ने, हकप्रद शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सञ्चालक चयन तथा लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिनेछन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भोटेकोशी बाढीपछि बंगलादेश निर्यात बन्द
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला