रसुवागढी-टिमुरेमा युक्रेनी नागरिक बेपत्ता भएको भन्दै खोजीका लागि अनुरोध
जलसरोकार
काठमाडौं — चीनको तिब्बतस्थित ग्यिरोङबाट काठमाडौं आउँदै गरेकी एक युक्रेनी नागरिक इरीना लाडिगिना २६ अगस्टको विनाशकारी बाढीपछि रसुवागढी-टिमुरे क्षेत्रमा सम्पर्कविहीन भएको भन्दै उनको खोजीका लागि सम्बन्धित निकायलाई अनुरोध गरिएको छ।
लाडिगिना ग्यिरोङ/केरुङबाट काठमाडौं, नेपालतर्फ यात्रा गरिरहेको र २६ अगस्ट २०२६ को बिहान बाढी आएको समयमा उनको अन्तिम जानकारी ग्यिरोङ-रसुवागढी/टिमुरे सीमा क्षेत्रबाट प्राप्त भएको उल्लेख गर्दै खोजीका लागि अत्यावश्यक बेपत्ता व्यक्ति प्रतिवेदन पठाइएको हो।
सम्बन्धित निकायलाई पठाइएको अनुरोधमा लाडिगिनाको नाम उद्धार गरिएका, सुरक्षित स्थानमा सारिएका, अस्पतालमा उपचाररत, आश्रयस्थलमा रहेका, पहिचान हुन नसकेका वा बेपत्ता व्यक्तिहरूको अभिलेखमा छ कि छैन भनेर जाँच गर्न आग्रह गरिएको छ।
त्यस्तै, प्रतिवेदनलाई सम्बन्धित खोज तथा उद्धार एवं पहिचान गर्ने निकायमा पठाइदिन र कुनै सूचना प्राप्त भएमा परिवारलाई जानकारी गराइदिन अनुरोध गरिएको छ।
लाडिगिनाको अवस्थाबारे हालसम्म उद्धार भएको, अस्पतालमा रहेको वा अन्य सुरक्षित स्थानमा पुगेको भन्ने कुनै पुष्टि भएको विवरण उक्त अनुरोधमा उल्लेख छैन। त्यसैले उनको अवस्था अझै अज्ञात रहेको देखिन्छ।
रसुवागढी-टिमुरे क्षेत्रमा २६ अगस्टमा आएको बाढी तथा पहिरोले ठूलो जनधन तथा भौतिक क्षति पुर्याएको थियो। सो क्षेत्रमा नेपाली तथा विदेशी नागरिकसहित प्रभावित व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिँदै
-
माथिल्लो त्रिशूली–३ ‘ए’बाट सकुशल भेटिएका सञ्जय र कबीर को हुन् ?
-
३१ वर्षदेखि अलपत्र सिँचाइ ब्यारेज, नहरको अभावमा किसानलाई सास्ती
-
लगानी बोर्डमा प्रतिनिधित्वदेखि जलाशय आयोजनामा लगानीमैत्री वातावरण निर्माण गर्न इप्पानको माग
-
माथिल्लो त्रिशूली-३ ‘ए’ उद्धारमा ठूलो सफलता : दुईजनाको सकुशल उद्धार, अन्यलाई निकाल्ने क्रम जारी
-
चिलिमे उद्धारमा पूर्वसीईओ भट्टराईको नयाँ पहल : भूमिगत संरचनाको नक्सा सार्वजनिक गर्दै विश्वका विज्ञसँग उपाय माग