नयाँ वैकल्पिक शक्तिहरूको एकताको नेतृत्व उज्यालो नेपालले गर्छ : कुलमान घिसिङ
जलसरोकार
काठमाडौँ ः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले वैकल्पिक राजनीतिक शक्तिहरूलाई एकताबद्ध गराउने कामको नेतृत्व उज्यालो नेपाल पार्टीले लिने बताएका छन् ।
बिहीबार त्रिपुरेश्वरमा आयोजित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै घिसिङले देशलाई समृद्ध बनाउने लक्ष्यसहित नयाँ पुस्ता र नयाँ शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको उल्लेख गरे ।
“यो देशमा केही गरौँ भन्ने सोच भएका सम्पूर्ण नयाँ शक्ति, व्यक्ति, समूह र पार्टीहरू एकताबद्ध भएर अघि बढ्नुपर्छ,” उनले भने, “नयाँ नेतृत्व स्थापित गर्दै देशलाई अगाडि लैजानु आवश्यक छ । त्यसको नेतृत्व उज्यालो नेपालले लिन्छ ।”
उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका घिसिङले आम नागरिकहरूमा पनि नयाँ शक्तिहरू एक भएर अघि आउनुपर्छ भन्ने अपेक्षा रहेको बताउँदै अहिले देश परिवर्तनको निर्णायक मोडमा पुगेको दाबी गरे । उनले निर्वाचनमार्फत देशमा नेतृत्व परिवर्तन गर्ने अवस्था आएको उल्लेख गर्दै जनताको चाहनाअनुसार समृद्धिको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले उज्यालो नेपाल पार्टीले छोटो अवधिमै ठुलो संरचना र संगठन विस्तार गरेको उल्लेख गरे । पार्टी कार्यालयको उद्घाटन केवल औपचारिक कार्यक्रम मात्र नभई देशको भविष्य निर्माण गर्ने अभियानको सुरुवात भएको उनको भनाइ थियो ।
मन्त्री घिसिङले आगामी फागुन २१ गते जसरी पनि निर्वाचन हुने दाबी गर्दै उक्त निर्वाचनलाई केवल चुनावका रूपमा नभई नयाँ राजनीतिक शक्तिहरूको उदयको प्रस्थान बिन्दुका रूपमा लिनुपर्ने बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?