सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नयाँ वैकल्पिक शक्तिहरूको एकताको नेतृत्व उज्यालो नेपालले गर्छ : कुलमान घिसिङ

जलसरोकार
बिहीबार, पुस १०, २०८२ | १५:४४:५३ बजे

 

काठमाडौँ  ः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले वैकल्पिक राजनीतिक शक्तिहरूलाई एकताबद्ध गराउने कामको नेतृत्व उज्यालो नेपाल पार्टीले लिने बताएका छन् ।

बिहीबार त्रिपुरेश्वरमा आयोजित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै घिसिङले देशलाई समृद्ध बनाउने लक्ष्यसहित नयाँ पुस्ता र नयाँ शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको उल्लेख गरे ।

“यो देशमा केही गरौँ भन्ने सोच भएका सम्पूर्ण नयाँ शक्ति, व्यक्ति, समूह र पार्टीहरू एकताबद्ध भएर अघि बढ्नुपर्छ,” उनले भने, “नयाँ नेतृत्व स्थापित गर्दै देशलाई अगाडि लैजानु आवश्यक छ । त्यसको नेतृत्व उज्यालो नेपालले लिन्छ ।”

उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका घिसिङले आम नागरिकहरूमा पनि नयाँ शक्तिहरू एक भएर अघि आउनुपर्छ भन्ने अपेक्षा रहेको बताउँदै अहिले देश परिवर्तनको निर्णायक मोडमा पुगेको दाबी गरे । उनले निर्वाचनमार्फत देशमा नेतृत्व परिवर्तन गर्ने अवस्था आएको उल्लेख गर्दै जनताको चाहनाअनुसार समृद्धिको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले उज्यालो नेपाल पार्टीले छोटो अवधिमै ठुलो संरचना र संगठन विस्तार गरेको उल्लेख गरे । पार्टी कार्यालयको उद्घाटन केवल औपचारिक कार्यक्रम मात्र नभई देशको भविष्य निर्माण गर्ने अभियानको सुरुवात भएको उनको भनाइ थियो ।

मन्त्री घिसिङले आगामी फागुन २१ गते जसरी पनि निर्वाचन हुने दाबी गर्दै उक्त निर्वाचनलाई केवल चुनावका रूपमा नभई नयाँ राजनीतिक शक्तिहरूको उदयको प्रस्थान बिन्दुका रूपमा लिनुपर्ने बताए । 

प्रकाशित मिति : बिहीबार, पुस १०, २०८२ | १५:४४:५३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया