गोकर्णेश्वरमा उज्यालो नेपाल पार्टीको प्रवेश कार्यक्रम, १५७ जना पार्टीमा आबद्ध
जलसरोकार
काठमाडौं : काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. १, २ र ३ मा आइतबार उज्यालो नेपाल पार्टीको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका अध्यक्ष कुलमान घिसिङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीसहित विभिन्न राजनीतिक दलबाट आएका १५७ जनाभन्दा बढी व्यक्तिले आफ्नो पुरानो दल परित्याग गर्दै उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई अध्यक्ष घिसिङले स्वागत गर्दै पार्टीमा आबद्ध गराएका थिए।
पार्टी प्रवेश गर्नेमध्येका नेता हर्कबहादुर तामाङले आफ्नो धारणा राख्दै कुलमान घिसिङप्रति विश्वास व्यक्त गरे। उनले घिसिङले जनताको भावना अनुसार काम गर्ने र प्रभावकारी रूपमा सेवा प्रवाह गर्न सक्ने क्षमता रहेको बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन, पारदर्शिता र जनमुखी विकासको आवश्यकता रहेको उल्लेख गरे। उनले उज्यालो नेपाल पार्टी जनताको अपेक्षा पूरा गर्न प्रतिबद्ध रहेको बताउँदै नवप्रवेशीहरूलाई स्वागत गरे।
-lg-1775379720.jpg)
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना