उज्यालो नेपाल पार्टीले अब सडकबाटै सरकार चलाउनेछ : अध्यक्ष कुलमान
जलसरोकार
काठमाडौँ : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले सडकबाटै आम जनताको सरकार सञ्चालन गर्ने बताएका छन् । उज्यालो नेपाल पार्टीद्वारा आयोजित वागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष घिसिङले मुलुकको राष्ट्रियता संरक्षण, विद्यमान समस्या समाधान र समृद्धिको लक्ष्य हासिल गर्न आफ्नो पार्टीले सडकबाटै सशक्त भूमिका निर्वाह गर्ने बताए । उनले सरकारलाई आवश्यक ठाउँमा खबरदारी गर्ने, राम्रो कामलाई समर्थन गर्ने र गलत कार्यको विरोध गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
उनका अनुसार उज्यालो नेपाल पार्टीले संगठन विस्तारलाई तीव्र बनाउँदै सातै प्रदेशमा भेला आयोजना गर्ने, त्यसपछि जिल्ला, पालिका र वडा तहसम्म संरचना विस्तार गर्दै घरदैलो अभियान सञ्चालन गर्ने योजना बनाएको छ। आगामी स्थानीय तह र प्रदेश निर्वाचनमा पार्टी सशक्त शक्तिका रूपमा उदाउने दाबी उनले गरे ।
अध्यक्ष घिसिङले प्रतिनिधि सभा निर्वाचनमा पर्याप्त समय अभावका कारण अपेक्षित परिणाम हासिल गर्न नसकेको उल्लेख गर्दै आगामी दिनमा सुदृढ रणनीतिसहित अघि बढ्ने बताए।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना