सिराहा–धनुषा जोड्ने कमला पुल हुँदै कुलमान घिसिङको चुनावी यात्रा
जलसरोकार
सिराहा : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ बिहीबारदेखि सिराहा र धनुषा जोड्ने कमला पुल क्षेत्र हुँदै चुनावी अभियानमा निस्किएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयका पूर्वमन्त्रीसमेत रहेका घिसिङले नदी क्षेत्रमा ह्युम पाइप राखी निर्माण गरिएको अस्थायी आवत–जावतको व्यवस्थामार्फत कमला नदी पार गर्दै सिराहातर्फ यात्रा सुरु गरेका हुन्। उनलाई पार्टीका नेता–कार्यकर्ता तथा स्थानीयवासीले कमला पुल क्षेत्रमा स्वागत गरेका थिए ।
तराई–मधेशको जीवनरेखा मानिने हुलाकी राजमार्ग अन्तर्गत सिराहा–धनुषा सीमामा पर्ने कमला नदीमा अस्थायी डाइभर्सन निर्माण भएसँगै वर्षौँदेखि नागरिकले भोग्दै आएको समस्या समाधानतर्फ उन्मुख भएको छ ।
पछिल्लो १४ वर्षसम्म पुल निर्माण सम्पन्न नहुँदा स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए भने सवारीसाधनले लामो वैकल्पिक मार्ग प्रयोग गर्दै आएका थिए । भौतिक मन्त्री रहेका बेला गत मंसिर ५ गते घिसिङले कमला पुलको स्थलगत निरीक्षण गरेका थिए ।
स्थलगत अवलोकनका क्रममा पुल नबन्दा सिर्जना भएको जोखिम र पीडा प्रत्यक्ष देखेपछि घिसिङले सम्बन्धित निकायलाई नदी क्षेत्रमा ह्युम पाइप राखी अस्थायी आवत–जावतको व्यवस्था गर्न निर्देशन दिएका थिए। त्यसकै परिणामस्वरूप अस्थायी डाइभर्सन निर्माण प्रक्रिया अघि बढेको बताइएको छ ।
घिसिङले अस्थायी व्यवस्था भए पनि कमला नदी पार गर्न सकिने अवस्था बनेकोमा खुसी व्यक्त गरेका छन्। साथै, १४ वर्षदेखि अलपत्र रहेको ४६९ मिटर लम्बाइको निर्माणाधीन कमला पुलको बाँकी कामको अवस्था पनि अवलोकन गरेका थिए।
भ्रमणका क्रममा अध्यक्ष घिसिङले धनुषा, सिराहा र सप्तरी जिल्लाका पार्टी उम्मेदवार, कार्यकर्ता तथा मतदातासँग भेटघाट गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से परिसूचक बढेर २७०८.७० विन्दुमा बन्द, कारोबार रकम ११ अर्ब नाघ्यो
-
भुमही–हकुई १३२ केभी प्रसारण लाइनका लागि जग्गाको मुआब्जा रकम निर्धारण, जग्गाधनीलाई दाबी गर्न सूचना
-
सिराहा–धनुषा जोड्ने कमला पुल हुँदै कुलमान घिसिङको चुनावी यात्रा
-
मोदी इनर्जीलाई हकप्रद शेयर निष्कासनका लागि विभागले दियो स्वीकृति
-
सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
राजनीतिक भेटघाटका लागि कुलमान घिसिङ मधेशमा