दुई जलविद्युत कम्पनीले मागे आईपीओ निष्कासनको अनुमति
जलसरोकार
काठमाडौं: दुई जलविद्युत कम्पनीहरूले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष अनुमति माग्दै निवेदन दिएका छन् । दूध पोखरी चेपे हाइड्रोपावर लिमिटेड र संयुक्त ऊर्जा लिमिटेडले सर्वसाधारणमा शेयर जारी गर्न बोर्डसँग स्वीकृति मागेका हुन् ।
धितोपत्र बोर्डका अनुसार दूध पोखरी चेपे हाइड्रोपावर लिमिटेडले गत माघ २० गते नै आईपीओ निष्कासनको प्रस्ताव दर्ता गराएको थियो । यद्यपि, बोर्डले हालै मात्र आफ्नो आधिकारिक वेबसाइटमार्फत उक्त विवरण सार्वजनिक गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २० लाख २० हजार कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति मागेको छ । यो २१ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ प्रस्ताव हो। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले पाएको छ।
त्यसैगरी, संयुक्त ऊर्जा लिमिटेडले पनि ४१ करोड ६० लाख रुपैयाँ बराबरको ४१ लाख ६० हजार कित्ता साधारण शेयर निष्कासनका लागि फागुन ५ गते बोर्डमा निवेदन दिएको छ। यस कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भएपछि दुवै कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्कासन गर्नेछन् । त्यसपछि दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ खुला गरिने जनाइएको छ ।
बोर्डले आवश्यक कागजात तथा प्रक्रिया पूरा भएपछि मात्र निष्कासन अनुमति प्रदान गर्ने व्यवस्था रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता