सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट दुई शव निकालिए

जलसरोकार
बिहीबार, भदौ १८, २०८३ | १४:०१:२६ बजे

 

काठमाडौं : रसुवास्थित २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको शव निकालिएको छ ।

खोजी तथा उद्धारमा खटिएको नेपाली सेनाको टोलीले सुरुङभित्रबाट दुई शव निकालेको आयोजनाका प्रबन्धक विजयमान भट्टराईले जानकारी दिए ।

उनका अनुसार अहिले हाइड्रो–मेकानिकल इन्जिनियरसहित नेपाली सेना, सशस्त्र प्रहरी र आयोजनाको प्राविधिक टोली सुरुङभित्र करिब १५० मिटर प्रवेश गरी खोज तथा उद्धारमा जुटेको छ ।

आयोजनामा कार्यरत ४१ जना अझै सम्पर्कविहीन रहेको भट्टराईले बताए । बुधबार सुरुङभित्र करिब १५० मिटर पुगेर खोजी गरिएकोमा बिहीबार बिहानैदेखि उद्धार कार्यलाई थप तीव्रता दिइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : बिहीबार, भदौ १८, २०८३ | १४:०१:२६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

धेरै पढिएको