सामुदायिक विद्यालयलाई तुँदी पावरले सहयोग गर्यो स्मार्ट बोर्ड
जलसरोकार
म्याग्दी, : म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलास्थित सामुदायिक विद्यालयहरूले ‘स्मार्ट बोर्ड’ सहयोग प्राप्त गरेका छन् । चिमखोलामा निर्माण भएको ३५.५ मेगावाट क्षमताको चिमखोला–मंगले–राहुघाट जलविद्युत आयोजनाका प्रवद्र्धक तुँदी पावर ले तीन विद्यालय र वडा कार्यालयलाई छ थान स्मार्ट बोर्ड उपलब्ध गराएको हो ।
जलविद्युत आयोजनाबाट प्रभावित क्षेत्रमा सञ्चालन गरिएको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विनियोजन गरिएको रु १० लाख ८० हजार बजेटबाट स्मार्ट बोर्ड सहयोग गरिएको वडा अध्यक्ष थकबहादुर पाइजा (रिम) ले जानकारी दिए । उनका अनुसार अमर माध्यमिक विद्यालय चिमखोलालाई तीन, वडा कार्यालय तथा सिद्ध र चिमखोला आधारभूत विद्यालयलाई एक/एक थान ६५ इन्चको स्मार्ट बोर्ड प्रदान गरिएको छ ।
विद्यालयमा प्रविधिमैत्री पठनपाठन र वडा कार्यालयमा सञ्चालन हुने तालिम तथा बैठकमा प्रस्तुतीकरणका लागि प्रोजेक्टरको विकल्पका रूपमा स्मार्ट बोर्ड प्रयोग गरिने जनाइएको छ । अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक खडबहादुर थापाका अनुसार कक्षाकोठामा ‘स्मार्ट टिभी’ र बोर्ड जडान गरी इन्टरनेटमार्फत सन्दर्भ सामग्री खोजेर अध्यापन सुरु गरिएको छ ।
प्रविधिको प्रयोगबाट विद्यार्थीमा अध्ययनप्रति रुचि बढ्नुका साथै सिकाइ उपलब्धि सुधार हुने विश्वास गरिएको छ । शिक्षकलाई सिर्जनशील र प्रविधिमैत्री बनाउने उद्देश्यले यस्तो अभ्यास अघि बढाइएको विद्यालयले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरण टुक्र्याउने प्रस्तावविरुद्ध एकजुट भए पाँच कर्मचारी संगठन
-
पश्चिम नेपालका २,५०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न २० अर्बको वेस्ट सेती प्रसारण लाइन अघि बढ्यो
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार