माथिल्लो त्रिशूली-३ ‘ए’ उद्धारमा फेरि तीव्रता : ठूला ढुंगा हटाउन ब्लास्ट, ‘ग्र्याभिटी ड्रेनेज’ बाट बाट पानी निकालिने
जलसरोकार
काठमाडौं, १७ भदौ : माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् केन्द्रमा फसेकाहरूको उद्धारका लागि सुरुङको अवरोध हटाउने कामलाई थप तीव्र बनाइने भएको छ। मौसमका कारण राति ३ बजेपछि मात्र उद्धारको काम सुरु भएको र सुरुङको प्रवेशद्वारमा ठूला ढुंगा भेटिएपछि ब्लास्टिङ तथा Gravity Drainage (गुरुत्वाकर्षणका आधारमा पानी निकास गर्ने विधि) प्रयोग गरेर प्रवेशमार्ग खोल्ने तयारी गरिएको छ।
उद्धार कार्यको पछिल्लो अवस्थाबारे जानकारी दिँदै ई. श्रीराम न्यौपानेले मौसमका कारण राति ३ बजेपछि मात्र काम सुरु भएको बताएका छन्। सुरुङको मुखमा ठूला ढुंगा भेटिएपछि अहिले ब्लास्ट गरेर अवरोध हटाउने तथा Gravity Drainage मार्फत पानीको निकास गर्ने काम सुरु गर्न लागिएको उनको भनाइ छ।
यसअघि सुरुङभित्र जमेको डेब्रिज हटाउन तथा उद्धारकर्ता प्रवेश गराउन उत्खनन र ड्रिलिङको काम जारी राखिएको थियो। चारवटा एक्स्काभेटरबाट लगातार काम भइरहेको र सुरुङभित्रको अवस्था हेर्दै उद्धार टोलीलाई पावरहाउसतर्फ अघि बढाउने प्रयास भइरहेको छ।
पछिल्लो प्रगतिअनुसार सुरुङभित्रको डेब्रिज अपेक्षाअनुसार हटाउन सकिएमा पावरहाउससम्म पुग्ने सम्भावना बढेको उद्धारमा संलग्नहरूले बताएका छन्।
तर सुरुङको प्रवेश क्षेत्रमा भेटिएका ठूला ढुंगा र पानी अहिलेको उद्धार अभियानका प्रमुख अवरोध बनेका छन्। त्यसैले ब्लास्टिङ र गुरुत्वाकर्षणमा आधारित पानी निकास विधि अपनाएर प्रवेशमार्ग छिटो खुलाउने प्रयास गर्न लागिएको हो।
उद्धारमा संलग्न प्राविधिक टोलीले सुरुङको वास्तविक अवस्था, पानीको मात्रा र डेब्रिजको अवस्थाअनुसार आवश्यक उपाय अपनाउँदै अघि बढिरहेको छ। हरेक घण्टा महत्वपूर्ण बन्दै गएको अवस्थामा प्रवेशमार्ग खुलाएर उद्धारकर्ता पावरहाउससम्म पुर्याउने प्रयास अहिलेको मुख्य प्राथमिकता बनेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशीमा बाढी आएको सात दिन बित्यो, जलविद्युत् आयोजनाका ९८३ जना अझै बेपत्ता
-
माथिल्लो त्रिशूली-३ ‘ए’ उद्धारमा फेरि तीव्रता : ठूला ढुंगा हटाउन ब्लास्ट, ‘ग्र्याभिटी ड्रेनेज’ बाट बाट पानी निकालिने
-
सुनको मूल्य एकैदिन ८ हजार ८०० रुपैयाँले घट्यो, तीन लाखभन्दा तल झर्यो
-
देशका प्रमुख नदीमा जलसतह सतर्कता तहभन्दा माथि, उच्च सतर्कता अपनाउन आग्रह
-
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
-
माथिल्लो अरुणको डिजाइन पुनरावलोकनले घटाउन सक्छ २५–३० अर्ब लागत : निवर्तमान प्रमुख श्रेष्ठ