यातायात कार्यालयद्वारा छ महिनामा रु २९ करोड एक लाख राजस्व सङ्कलन
जलसरोकार
काठमाडौं: यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१÷८२ को छ महिनाका अवधिमा रु २९ करोड एक लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
नयाँ सवारी दत्र्ता, नविकरण तथा सवारी चालक अनुमतिपत्र बितरणलगायतबाट चालु आव २०८१÷८२ को साउनदेखि पुस महिनासम्ममा सो कार्यालयले रु २९ करोड एक लाख ७५ हजार छ सय ५१ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए ।
कार्यालय प्रमुख श्रेष्ठका अनुसार चालु आवको छ महिनामा सवारी चालक अनुमतिपत्र बितरणबाट रु १७ करोड ३८ लाख २१ हजार एक सय ४९, सवारी करबाट रु चार करोड ५३ लाख ६८ हजार तीन सय ३१, यातायात क्षेत्रको आम्दानीबाट रु चार करोड ५६ लाख ७० हजार आठ सय ११, सङ्घीयता तर्फ रु एक करोड ८१ लाख २५ हजार एक सय ८० तथा बेरुजुबाट रु आठ हजार दुई सय ५० राजस्व सङ्कलन भएको छ ।
यस्तै चालु आव को सो अबधीमा मोटरसाईकल एक हजार दुई सय ८० वटा, साना सवारी पाँच सय १३ वटा, टेम्पो÷ई–रिक्सा तीन सय ३७ वटा, ठूला तथा मझौला सवारी तीन सय २१ वटा र ट्याक्टर पाँच गरी दुई हजार चार सय ५८ नयाँ सवारी दत्र्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । यस अबधीमा नयाँ दुई हजार एक सय ६३ र वर्ग थप एक हजार चार सय ४८ गरी तीन हजार छ सय ११ जनालाई सवारी चालक अनुमतिपत्र (लाईसेन्स) वितरण गरिएको प्रमुख श्रेष्ठले बताए ।
यस्तै सो अबधीमा दुई हजार नौ सय ८४ नविकरण, ४९ वटा प्रतिलिपी र ३९ वटा नविकरण र प्रतिलिपी दिइएको जनाएको छ । सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा विभिन्न शिर्षकमा रु ५६ करोड सात लाख १७ हजार राजस्व सङ्कलन गरेको थियो भने चार हजार तीन सय ९९ वटा सवारी साधन दत्र्ता गरेको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकी आयोजनालाई अघि बढाउने सरकारकाे पहल सकारात्मक : डा. भट्टराई
-
कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट, ६८ हजार लगानीकर्तालाई शेयर
-
घट्यो सुन र चाँदीको मुल्य, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
इन्धन मूल्य वृद्धि फिर्ता लिन कुलमान उनेपाका अध्यक्ष घिसिङको सरकारसँग माग
-
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ वैशाख १६ देखि खुल्ने, सर्वसाधारणलाई १७.४३ लाख कित्ता प्रस्ताव
-
सोलुखुम्बुमा ११० मेगावाटको ‘दुधकोशी पाँचौँ’ आयोजना बन्दै