जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सुक्खायाममा विद्युत् प्रवाहको लागि तत्काल सम्पन्न गर्नुपर्ने प्रसारण संरचनाहरु

जलसरोकार
शनिबार, असोज ०५, २०८१ | १४:१५:४६ बजे

काठमाडौं : आगामी मंसिरदेखि नदीहरुमा पानीको बहाव कम हुँदै विद्युत् प्रणालीमा जगेडा रहेको बिजुली क्रमशः कम हुँदै जानेछ । त्यसपछि पुनः हिउँदभरि भारतबाट आयात गर्नुपर्नेछ ।
कतिपय आयोजनाहरुबाट उत्पादन हुने विद्युत् प्रसारण प्रणालीमा जोडुने नसकिएको एवं जोडिएको अवस्थामा पनि पूर्ण क्षमतामा उत्पादित विद्युत् प्रसारण गर्न सकिएको छैन । 
‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८०’ को कार्यदलले हिउँदयामा विद्युत् प्रवाहको लागि तत्काल सम्पन्न गर्नुपर्ने प्रसारण संरचनाहरुको सूची तयार गरेको छ । 
कार्यदलले पहिचान गरेका प्रसारण संरचना निर्माण, विस्तार तथा स्तनरोन्नतिका कार्यहरुलाई प्राथमिकताका साथ तत्काल कार्यान्वयन गर्न पनि सुझाएको छ ।
उपत्यकाभित्र
कार्यदलले तयार पारेको मस्यौदा प्रतिवेदनअनुसार काठमाडौं उपत्यकाभित्र ६ वटा प्रसारण लाइन तथा सवस्टेशन र उपत्यकाबाहर पनि ६ वटै प्रसारण लाइन तथा सवस्टेशनमा सुधार गर्न आवश्यक छ ।
उपत्यकाभित्र खिम्ती–लामोसाँगु १३२ केभी प्रसारण लाइनको तार (एसीएसआर) लाई हाई टेम्पेरेचर लो स्याग कन्डक्टर्स (एचटीएलएस) मा रुपान्तरण तत्काल गर्न आवश्यक रहेको कार्यदलले औंल्याएको छ । यस्तो तारले २१० सेन्टिग्रेडसम्मको ताप सहन सक्ने र परम्परागत तारभन्दा धेरै बिजुली प्रसारण गर्न सक्छ । 
त्यसैगरी बालाजु–स्यूचाटार १३२ केभी प्रसारण लाइनलाई पनि खिम्ती–लामोसाँगुजस्तै एचएलटीसीमा रुपान्तरण गर्न कार्यदलले भनेको छ । 
टेकुस्थित ६६/११ केभीको सवस्टेशनलाई १३२ केभीमा चार्ज गर्नुपर्ने प्रतिवेदनको निष्कर्ष छ । त्यस्ते लैनचौरस्थित ६६/११ केभीको सवस्टेशनको ट्रान्सफर्मरको स्तरोन्नति गर्न कार्यदलले सुझाएको छ । 
उपत्यकाभित्रकै बालाजु र स्यूचाटारको १३२/६६ केभीको सवस्टेशनलाई सुधार्न हेटौडा–काठमाडौं ६६ केभी लाइनको ओभरलोडिङ सुधार गर्न कार्यदलले भनेको छ । 
उपत्यकाबाहिर
सुख्खायामका लागि उपत्यकाबाहिर सुधार्नुपर्ने प्रसारण लाइन तथा सवस्टेशनहरुमा ढल्ेकबर–नवलपुर–चन्दूनिगाहापुर—पथलैया १३२ केभी प्रसारण लाइन, कुशाहा–इनरुवा–दुहबी १३२ केभी प्रसारण लाइन, इनरुवा–विराटनगर १३२ केभी, मिर्चैया–लाहान–रुपनी १३२ केभी लाइन छन् ।
यी प्रसारण लाइनमध्ये ढल्केबर–नवलपुर–चन्द्रनिगाहापुर–पथलैयाको तार फेर्न कार्यदलले भनेको छ । कार्यदलले यी लाइनहरुलाई पनि एचटीएलएसमा रुपान्तरण गर्न भनेको हो । 
प्रतिवेदनमा अमरापुर–ढ्ंगेसाँघु १३२ केभी प्रसारण लाइन समयमै पूरा गर्न पनि भनेको छ । यो प्रसारण लाइन काबेली कोरिडरमा निजी क्षेत्रले बनाएका आयोजनाहरु बढ्दो रुपमा आइरहेका छन् । यो प्रसारण लाइनले काबेली कोरिडर र कोशी कोरिडरलाई पनि जोड्नेछ । आव २०७५/७६ मा सुरु भएको यो आयोजना आगामी आर्थिक वर्ष २०८१/८२ मा पूरा गर्ने लक्ष्य छ । 
त्यसैगरी इनरुवा–विराटनगर १३२ केभी प्रसारण लाइनलाई सुधार गर्न दुहबीको भार विराटनगर (बर्जु) सार्न कार्यदलले सिफारिस गरेको छ । मिर्चैया–लाहान–रुपानी १३२ को लाइन सुधार्न ढल्केबर–इनरुवा ४०० केभीको लाइन निर्माण सम्पन्न हुनुपर्ने उल्लेख छ । 
हेटौंडा १३२/६६ केभीको सवस्टेशन सुधार्न ४५ एमभीएको ट्रान्सफर्मर मर्मत गर्नुपर्ने कार्यदलको सुझाव छ । 
 

 

प्रकाशित मिति : शनिबार, असोज ०५, २०८१ | १४:१५:४६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया