बीपी राजमार्गको सिन्धुली खण्डमा सवारी-आवागमन सुचारु
जलसरोकार
सिन्धुली: सडक डिभिजन खाल्टेको कार्यक्षेत्रअन्तर्गत पर्ने बीपी राजमार्गको सिन्धुली जिल्लाभित्रका नेपालथोक, बालुवा र आपघारी (देविथान फाँट) खण्डमा अस्थायी सडक निर्माण कार्य सम्पन्न भएको छ।
उक्त कार्य सम्पन्न भएपछि बर्दिबास-सिन्धुली-खुर्कोट-बर्खे खोलासम्मको सडक खण्डमा सवारी–आवागमन सहज र नियमित रूपमा सञ्चालन गर्न सकिने भएको सडक डिभिजन खाल्टेले जनाएको छ।
अस्थायी सडक निर्माण कार्य सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने निर्माण व्यवसायी, यान्त्रिक कार्यालय मुलकोट, सवारी चालक साथीहरू, जनप्रतिनिधि, स्थानीय बासिन्दा, सञ्चारकर्मी तथा सुरक्षाकर्मीहरू प्रति सडक डिभिजन खाल्टे परिवारले हार्दिक धन्यवाद व्यक्त गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्थानीयलाई जलविद्युत् सेयर अंकित मूल्यमै उपलब्ध गराउन इप्पानको आग्रह
-
माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि सुझाव माग
-
पञ्चेश्वर : कसको हितको आयोजना?
-
साहस ऊर्जाको नाफा ५२ प्रतिशतले बढ्यो, एक वर्षमा १ अर्ब ३५ करोड रुपैयाँ खुद आम्दानी
-
नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
नीतिगत तथा प्रक्रियागत अवरोध ऊर्जा क्षेत्रको मुख्य चुनौती : मन्त्री श्रेष्ठ