बीपी राजमार्गको सिन्धुली खण्डमा सवारी-आवागमन सुचारु
जलसरोकार
सिन्धुली: सडक डिभिजन खाल्टेको कार्यक्षेत्रअन्तर्गत पर्ने बीपी राजमार्गको सिन्धुली जिल्लाभित्रका नेपालथोक, बालुवा र आपघारी (देविथान फाँट) खण्डमा अस्थायी सडक निर्माण कार्य सम्पन्न भएको छ।
उक्त कार्य सम्पन्न भएपछि बर्दिबास-सिन्धुली-खुर्कोट-बर्खे खोलासम्मको सडक खण्डमा सवारी–आवागमन सहज र नियमित रूपमा सञ्चालन गर्न सकिने भएको सडक डिभिजन खाल्टेले जनाएको छ।
अस्थायी सडक निर्माण कार्य सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने निर्माण व्यवसायी, यान्त्रिक कार्यालय मुलकोट, सवारी चालक साथीहरू, जनप्रतिनिधि, स्थानीय बासिन्दा, सञ्चारकर्मी तथा सुरक्षाकर्मीहरू प्रति सडक डिभिजन खाल्टे परिवारले हार्दिक धन्यवाद व्यक्त गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
-
लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो
-
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा
-
पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली